Technology Khabar २३ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
जिली अटोले आफ्नो पूर्णत विद्युतीय एसयूभी जिली ईएक्स ५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले जिली ईएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले दाबी गरेको छ।
उत्पादक देश चीनमा जिली ईएक्स ५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ।
जिली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको बृद्धि हासिल गरेको छ। यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पुर्याएको घोषणा गरेको छ।
२१०,००० भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ।
आगामी वर्षहरूमा, जिली ईएक्स ५ ले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ।
नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जिली ईएक्स ५ ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ। ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली ईएक्स ५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०८२, आईतवार