टिकापुरमा प्रविधिमैत्री भएन बजार अनुगमन

Technology Khabar २१ कार्तिक २०८२, शुक्रबार

टिकापुरमा प्रविधिमैत्री भएन बजार अनुगमन
Global IME Bank

काठमाडौं ।

टिकापुरमा स्थानीय तहले गर्ने बजार अनुगमन प्रविधिमैत्री हुन नसकेको सरोकारवालाको गुनासो छ। कानुनले स्थानीय बजार व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखेपछि स्थानीय तहले बजार अनुगमन सुरु गरेका छन्।

विसं २०५३ मा नगरपालिका बनेको र २०७६ मै बजार व्यवस्थापन तथा अनुगमन ऐन बनाएपछि टीकापुर नगरपालिकाले नगरभित्रका मुख्य बजार अनुगमन गर्दै आए पनि प्रविधिमैत्री हुन सकेको छैन।

“व्यवसाय दर्ता, म्याद नाघेको बिक्री, बढी मूल्य लिएको, लेबल मेटाएको र प्रतिबन्धित वस्तुको बिक्रीमा रोक लगाएका छौं,” नगरपालिकाका निरीक्षण अधिकृत रञ्जु आचार्य भन्छिन्, “प्राविधिक जनशक्तिको अभावमा माछा, मासु, दुध, तेल जस्ता वस्तुको गुणस्तरबारे अनुगमन हुन सकेको छैन।”

स्थानीय पत्रकार दुर्गा देवकोटा जनशक्ति अभाव देखाएर उपभोक्ताको सुरक्षामा खेलवाड गर्ने छुट नगरपालिकालाई नभएको बताउँछिन्।

खाद्यवस्तुको अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा रहेकाले कहिलेकाहीँ नमुना जाँचबाहेक जिल्लाभर निरीक्षणमा पुग्न सकेको छैन।

गुण नियन्त्रण कार्यालयले २०८२ असार १३ गते टीकापुरका टीकापुरमा डेरी पसल र नास्ता पसलको दुध र तेल परीक्षण गर्दा खानै नहुने अवस्थाका भेटिएका थिए।

“दुध नफाटोस् र लामो समयसम्म टिकाइराख्न न्युट्रोलाइजर, सोडा जस्ता केमिकल हालेको पाइएको थियो,” खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले भने, “जाँचेका हरेक पसलमा कम्तीमा १० देखि २५ लिटरसम्म त्यस्तो दुध नष्ट गरिएको थियो बिक्रेतालाई जिम्मेवार बन्न निर्देशन दिएका थियौँ।”

दुधमा खराबी देखिएको विषयमा होटेल सञ्चालकले डेरीको दोष देखाएका छन् भने पसलले दुध सङकलक वा उत्पादक किसानको दोष देखाएका थिए।

खाद्यवस्तुको अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा रहेकाले कहिलेकाहीँ नमुना जाँचबाहेक जिल्लाभर निरीक्षणमा पुग्न सकेको छैन। गुण नियन्त्रण कार्यालयले २०८२ असार १३ गते टीकापुरका टीकापुरमा डेरी पसल र नास्ता पसलको दुध र तेल परीक्षण गर्दा खानै नहुने अवस्थाका भेटिएका थिए।

“दुध नफाटोस् र लामो समयसम्म टिकाइराख्न न्युट्रोलाइजर, सोडा जस्ता केमिकल हालेको पाइएको थियो,” खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख प्रधानले भने, “जाँचेका हरेक पसलमा कम्तीमा १० देखि २५ लिटरसम्म त्यस्तो दुध नष्ट गरिएको थियो बिक्रेतालाई जिम्मेवार बन्न निर्देशन दिएका थियौँ ।” दुधमा खराबी देखिएको विषयमा होटेल सञ्चालकले डेरीको दोष देखाएका छन् भने पसलले दुध सङकलक वा उत्पादक किसानको दोष देखाएका थिए।

खाद्यवस्तुको प्राविधिक जाँच हुन नसकेको कैलालीका स्थानीय बजारमा यस वर्ष हरेक वर्ष दसैंतिहारमा हुँदै आएको चाडपर्वलक्षित बजार अनुगमन पनि हुन सकेको छैन। जेनजी समूहको आन्दोलनका कारण नियामक निकाय तहसनहस भएपछि यस्तो अवस्था आएको हो।

टीकापुर नगरपालिकाले भने चालु वर्षमा ४० वटा फर्मको निरीक्षण गरेको र ३० हजार ५५३ रुपियाँ बराबरका म्याद गुज्रेका सामान व्यवसायीको रोहबरमा नष्ट गरेको नगरपालिकाका निरीक्षण अधिकृत आचार्यले बताए।

अधिकृत आचार्यका अनुसार टीकापुरमा अनुगमन निरन्तर भएपछि मूल बजारका व्यवसायी सचेत भएका र म्याद नाघेका सामग्री समयमै फिर्ता गर्ने, बिक्रीस्थलबाट छुट्याएर राख्ने गरेको पाइएको छ। टीकापुरमा खाद्य प्राविधिकको आवश्यकता खड्किएको कार्यवाहक नगरप्रमुख लालवीर चौधरी बताउँछन्।

आजको गोरखापत्रबाट

प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया