राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

Technology Khabar २७ आश्विन २०८२, सोमबार

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
राष्ट्रिय परिचयपत्र बनाउँदै सेवाग्राहीहरु। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

यहाँस्थित जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो ।

आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उनले बताए।

राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उनले बताए। रासस

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया