राष्ट्रिय परिचयपत्र प्रणालीको ‘सूचना प्रणाली अडिट’ को जिम्मा एमिनेन्स वेजलाई

  • Technology Khabar | २७ आश्विन २०८२, सोमबार
राष्ट्रिय परिचयपत्र प्रणालीको ‘सूचना प्रणाली अडिट’ को जिम्मा एमिनेन्स वेजलाई

काठमाडौं ।

नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) को सूचना प्रणाली अडिट, जोखिम तथा प्रवेश परीक्षण (भीपीएटी) कार्यका लागि एमिनेन्स वेज प्रालि, सेतोपुल, काठमाडौंलाई प्रस्ताव स्वीकृत गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार, राष्ट्रिय परिचयपत्र सूचना प्रणालीको परामर्श सेवा खरिदका लागि जारी गरिएको आशयपत्र (ईओआई) बाट छनोट भएका प्रस्तावदातामध्ये एमिनेन्स वेज प्रालि लई आर्थिक प्रस्ताव मूल्याङ्कनपछि सर्वाधिक उपयुक्त प्रस्तावकका रूपमा चयन गरिएको हो।

कुल रु. ३८,७६,१५४.१७ (अठतीस लाख छयहत्तर हजार एक सय चौवन्न रुपैयाँ सत्र पैसा) को रकममा सो कार्य सम्पन्न गर्न स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ।

यो परियोजना राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको साइबर सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि, कमजोरी मूल्याङ्कन तथा सुरक्षात्मक परीक्षण सुदृढ गर्न लक्षित रहेको बताइएको छ।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...