मेटाको रे–ब्यान डिस्प्ले ग्लासेसको प्रविधिको प्रशंसा गर्दै मर्मतयोग्य नभएको आईफिक्सिटको भनाई

  • Technology Khabar | २७ आश्विन २०८२, सोमबार
मेटाको रे–ब्यान डिस्प्ले ग्लासेसको प्रविधिको प्रशंसा गर्दै मर्मतयोग्य नभएको आईफिक्सिटको भनाई

काठमाडौं ।

आईफिक्सिटले रे–ब्यानको नयाँ मेटा डिस्प्ले अग्मेन्टेड रियालिटी ग्लासेसलाई अलग गरेको भिडियो सार्वजनिक गरेको छ। साथै आईफिक्सिट रे–ब्यानको नयाँ मेटा डिस्प्ले अग्मेन्टेड रियालिटी ग्लासेसको प्रविधिबाट प्रभावित भएको तर मर्मतयोग्य नभएको बताएको छ।

विज्ञहरूले ब्याट्री बदल्नको लागि प्रयोगकर्ताहरूले फ्रेम र आर्म्सलाई दुई भागमा विभाजन गर्नुपर्ने कुरालाई औंल्याएका छन्। यद्यपि मेटाले भने यस प्रक्रियालाई सम्भव/सरल नबनाएको उल्लेख गरिएको छ।

त्यसैगरी स्पिकरहरू पनि वेल्डेड गरिएका छन् भने लेन्सहरू विशेष भएको र फेला पार्न गाह्रो हुने रिपोर्ट गरिएको छ।

यद्यपि, आईफिक्सिटले ग्लासको क्राफ्टम्यानसिप (शिल्प कौशल) को प्रशंसा गरेको छ जसले बाहिरबाट नदेखिने गरी तस्बिरहरू प्रोजेक्ट गर्न रिफ्लेक्टिभ “वेभगाइड” प्रणाली प्रयोग गरेको जनाइएको छ।

यस बाहेक डिभाइसमा दायाँ छेउमा एलसीओएस मिनी–प्रोजेक्टर पनि रहेको छ जसले ६००×६०० पिक्सेल तस्बिरहरू सिर्जना गर्दछ।

आईफिक्सिटका अनुसार, मेटाले लेन्सको उच्च लागतको कारणले गर्दा ग्लासेसहरू घाटामा बिक्री गर्न सक्ने बताइएको छ भने भविष्यका संस्करणहरूमा बदल्न सकिने ब्याट्री र लेन्सहरू हुनेछन् भन्ने सुझाव दिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार