क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
Indian rupee (L) and US dollar currency notes are held by a foreign exchange employee at an office in New Delhi on August 26, 2025. US President Donald Trump has threatened to double import duties on India from 25 to 50 percent by August 27, to punish New Delhi for buying oil from Russia, saying the purchases help Moscow fund its invasion of Ukraine. Indian exporters are scrambling for options to mitigate the fallout as it threatens to upend low-margin, labour-intensive industries ranging from gems and jewellery to textiles and seafood. (Photo by Arun SANKAR / AFP)

काठमाडौं ।

अबदेखि क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नु पाउने भएका छन्। नेपाल रास्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ। सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार यस बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ।

क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा “नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७” को परिच्छेद ४ मा व्यवस्था गरिएको छ।

‘ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ, सूचनामा उल्लेख छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार