
काठमाडौं ।
डिओरको शाङ्घाई शाखाले ग्राहकहरूको व्यक्तिगत डाटा अवैध रूपमा फ्रान्सस्थित मुख्य कार्यालयमा पठाएको र मे महिनामा डाटा चुहावट भएको चीनको सार्वजनिक सुरक्षा निकायले मंगलबार जनाएको छ।
कम्पनीले डाटा विदेश पठाउनु अघि आवश्यक सुरक्षा मूल्यांकन नगरेको, प्रयोगकर्तालाई जानकारी नदिएको र आवश्यक अनुसार डेटा इन्क्रिप्ट नगरेको पनि निकायले वक्तव्यमार्फत जनाएको छ।
यसका लागि स्थानीय सार्वजनिक सुरक्षा निकायले कम्पनीमाथि प्रशासनिक कारबाही गरेको बताइएको छ। यसबारे टिप्पणी गर्न रोयटर्सले गरेको अनुरोधमा कम्पनीले तत्काल प्रतिक्रिया दिएको छैन।
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार