प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिए राजीनामा

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिए राजीनामा
केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति समक्ष पेश गरेको राजीनामा पत्रमा असामान्य परिस्थितिलाई सम्बोधन गर्दै संविधानअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

२०७८ असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले पत्रमार्फत संविधानसम्मत राजनीतिक निकास र समस्याको समाधानका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा भनिएको छ, “हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि आजकै मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

यससँगै नेपालको राजनीतिमा नयाँ सरकार गठन गर्ने प्रक्रिया संविधानको धारा ७६ (५) अनुसार अघि बढ्नेछ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार