मोटो जी०६ पावर र मोटो जी०६ अनावरण

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
मोटो जी०६ पावर र मोटो जी०६ अनावरण

काठमाडौं ।

मोटोरोलाले आफ्नो पछिल्लो जी–सिरिज फोनहरू अन्तर्गत जी०६ र जी०६ पावरको घोषणा गरेको छ। जी०६ पावरमा ७,०००एमएएच सेलको साथ मोटो फोनमा जडान गरिएको अहिलेसम्मको सबैभन्दा ठूलो ब्याट्री रहेको छ। प्रयोगकर्ताहरूले एक पटक चार्ज गर्दा २८ घण्टासम्म भिडियो प्लेब्याकको अपेक्षा गर्न सक्छन् भनि मोटोरोलाले दाबी गरेको छ।

त्यसैगरी सेलले १,००० चार्ज साइक्लस पछि पनि ब्याट्री स्वास्थ्यको ८० प्रतिशत कायम राख्ने कम्पनीले दाबी गरेको छ। ठूलो सेलको बावजुद, चार्जिङ गति भने केवल १८ वाट गतिमा सीमित रहेको छ। भेनिला जी०६ ले १० वाट चार्जिङको साथ ५,२००एमएएच ब्याट्री प्राप्त गरेको छ।

बाँकी अन्य स्पेसिफिकेशनहरू दुई डिभाइसहरू बीच साझा गरिएका छन्। दुवै डिभाइसहरूले एचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको साथ ६.८८–इन्चको आईपीएस एलसीडी समावेश गरेका छन्। साथै दुवै डिभाइसहरूले ६०० निट्स ब्राइटनेस र कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा प्रदान गर्ने विज्ञापन गरिएको जनाइएको छ।

मोटो जी०६ पावर र मोटो जी०६ मा ४/८ जीबी र्याम र ६४/१२८/२५६ जीबी स्टोरेजको साथमा मिडियाटेक हेलियो जी८१ चिपसेट समावेश गरिएका छन्। दुवै फोनहरूले माइक्रोएसडी कार्ड विस्तारलाई पनि समर्थन गर्ने थप उल्लेख गरिएको छ।

डिभाइसहरुको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ भने सेल्फी शूटरको लागि ८ मेगापिक्सेलको क्यामरा उपलब्ध गराइएको छ। दुबै फोनहरूमा आईपी६४ इन्ग्रेस सुरक्षा, डल्बी एटमससहितको स्टेरियो स्पिकर र ३.५ एमएम हेडफोन ज्याकहरू पनि समावेश गरिएका छन्।

मोटो जी०६ प्यान्टोन अरेबेस्क, प्यान्टोन टेपेस्ट्री र प्यान्टोन टेन्ड्रिल रङहरूमा आउने बताइएको छ।

मोटो जी०६ पावर प्यान्टोन लरेल ओक र प्यान्टोन टेपेस्ट्री रङहरूमा आउने उल्लेख गरिएको छ। मोटोरोलाले अहिलेसम्म जी०६ र जी०६ पावरको मूल्य निर्धारण र उपलब्धता विवरणहरूको बारेमा भने कुनै जानकार िउपलबध नगराएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...