स्पोटिफाईले नयाँ सेवाहरू प्रस्तुत गर्दा मूल्यमा वृद्धि हुने; एफटी रिपोर्ट

  • Technology Khabar | ११ भाद्र २०८२, बुधबार
स्पोटिफाईले नयाँ सेवाहरू प्रस्तुत गर्दा मूल्यमा वृद्धि हुने; एफटी रिपोर्ट

काठमाडौं ।

स्पोटिफाईले नयाँ सुविधाहरूमा लगानी गर्ने र प्रयोगकर्ताहरूको संख्य १ अर्ब पुर्याउने लक्षको साथ मूल्य बढाउन लागेको फाइनान्सियल टाइम्सले आइतबार म्युजिक स्ट्रिमिङ प्रदायकका सह–अध्यक्ष र प्रमुख व्यापार अधिकारी एलेक्स नोस्ट्र्रोमलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

वृद्धि योजनाबद्ध नयाँ सेवाहरू र सुविधाहरूसँगै हुनेछ भन्दै एक अन्तर्वार्तामा नोस्ट्र्रोमलाई उद्धृत गर्दै एफटीले उल्लेख गरेको छ।

त्यसैगरी स्पोटिफाईले टिप्पणीको लागि रोयटर्सको अनुरोधलाई तुरुन्तै जवाफ नदिएको उल्लेख गरिएको छ।

नाफा मार्जिन सुधार गर्नको लागि भनेर अगस्टको सुरुमा स्विडेनी फर्मले सेप्टेम्बरदेखि केही बजारहरूमा आफ्नो प्रिमियम व्यक्तिगत सदस्यताको मासिक मूल्य बढाउने बताएको थियो।

यसले दक्षिण एसिया, मध्य पूर्व, अफ्रिका, युरोप, ल्याटिन अमेरिका र एशिया–प्रशान्त क्षेत्र लगायतका बजारहरूमा मूल्य १०.९९ युरोबाट बढेर ११.९९ युरो (१४.०५ अमेरिकी डलर) हुने जानकारी दिएको उल्लेख गरिएको छ।

“मूल्य वृद्धि र मूल्य समायोजन र यस्तै, त्यो हाम्रो बिजनेस टुलबक्सको अंश हो र जब यो अर्थपूर्ण हुन्छ हामी त्यसो गर्नेछौं” भनि नोस्ट्र्रोमले अखबारलाई बताएको उल्लेख गरिएको छ।

हालैका वर्षहरूमा मूल्य वृद्धि र लागत कटौती प्रयासहरूले स्पोटिफाईलाई गत वर्ष आफ्नो पहिलो वार्षिक नाफा हासिल गर्न मद्दत गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×