अटो टेक

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष थ्रीएक्स अफर

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष थ्रीएक्स अफर
Global IME Bank

यस वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँछ।

यस घह् अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्। ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छस ३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।

कम्पनीका अनुसार ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।

सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस घ नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस घ भविष्यको मोबिलिटीको प्रतिक पनि हो।

सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो।

यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको कम्पनीको दावी छ।

नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्नुहोस्, ड्राइभिङको भविष्यलाई अनुभव गर्नुहोस् र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिनुहोस्।

Sajilo Visa
easy care