एप्पल वाच अल्ट्रा ३ मा ठूलो र उज्यालो डिस्प्ले समावेश गरिने अफवाह

  • Technology Khabar | २३ श्रावण २०८२, शुक्रबार
एप्पल वाच अल्ट्रा ३ मा ठूलो र उज्यालो डिस्प्ले समावेश गरिने अफवाह

काठमाडौं ।

एप्पलको अर्को ‘अल्ट्रा’ स्मार्टवाचले आकार लिइरहेको छ र डिभाइसमा के अपेक्षा गर्ने भन्ने बारे नयाँ लीकले प्रारम्भिक झलक प्रदान गरेको छ।

सेप्टेम्बरमा आधिकारिक अनावरण हुने अपेक्षा गरिएको एप्पल वाच अल्ट्रा ३ ले थोरै ठूलो डिस्प्लेको साथ अर्थपूर्ण अपग्रेड ल्याउने सम्भावनाको उल्लेख गरिएको छ।

गीज्मोचाइनाका अनुसार यसै क्रममा पछिल्ला संकेतहरू आईओएस २६ बिटाबाट आएका छन् र जहाँ म्याकरूमर्सले एप्पल वाच अल्ट्रा ३ को सन्दर्भहरू पत्ता लगाएको छ।

डिभाइसमा ४२२ x ५१४ को डिस्प्ले रिजोल्युसन भएको तस्बिरले खुलासा गरेको छ जुन अल्ट्रा २ को ४१० x ५०२ तुलनामा सानो बम्प भएको रिपोर्ट गरिएको छ।

यो भिन्नता सानो लाग्न सक्ने भए तापनि यसले सम्भवतः ठूलो केसको सट्टा पातलो बेजेलहरूलाई औंल्याएको छ। त्यसैले एप्पलले उही ४९ एमएम आकारमा स्क्रिन स्क्विज (समावेश) गरिरहेको भनेर बुझ्न सकिने छ। यसले एपहरू, फिटनेस मेट्रिक्स र नोटिफिकेसनहरू कसरी देखा पर्छन् भन्ने कुरामा सुधार गर्ने बताइएको छ।

डिस्प्ले ट्वीक्सका साथै, अन्य धेरै अपग्रेडहरू पनि समावेश गरिने अफवाहहरु आएका छन्। सबैभन्दा धेरै चर्चा गरिएको स्याटेलाइट कनेक्टिभिटीले सेल सेवा नभएका क्षेत्रहरूमा सञ्चारको लागि सघाउनेछ।

अल्ट्रा ३ को ठूलो डिस्प्ले उज्यालो हुनुका साथै सहज स्क्रोलिङको लागि उच्च रिफ्रेस रेटलाई समर्थन गर्ने अफवाह रहेको छ। यो डिभाइस एप्पलको अर्को पुस्ताको एस११ चिपमा चल्न सक्ने सम्भावना रहेको छ जसले राम्रो प्रदर्शन, दक्षता र ब्याट्री जीवनको वाचा गर्दछ।

यस बाहेक हेल्थ (स्वास्थ्य) ट्र्याकिङमा पनि वृद्धि देख्न सकिने बताइएको छ। रक्तचाप मोनिटरिङलाई सम्भावित नयाँ सुविधाको रूपमा प्रस्तुत गरिने छ जुन यस वर्षको मोडेलमा समावेश हुनेछ कि छैन भन्ने बारेमा स्पष्ट छैन।

साथै डिभाइसमा टाइटेनियम बडी रहने अपेक्षा गरिएको छ र एप्पलले पूर्ण रुपमा रिडिजाइनको सट्टा केही सटिकतामा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको उल्लेख गरेको छ।

प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार