मित्सुबिसी मोटर्स अष्ट्रेलिया र न्यूजिल्याण्डमा अर्को वर्ष बिक्री गर्ने इलेक्ट्रिक कार मोडेल ल्याउन छलफलमा

  • Technology Khabar | २५ बैशाख २०८२, बिहीबार
मित्सुबिसी मोटर्स अष्ट्रेलिया र न्यूजिल्याण्डमा अर्को वर्ष बिक्री गर्ने इलेक्ट्रिक कार मोडेल ल्याउन छलफलमा

काठमाडौं ।

जापानी गाडी निर्माता कम्पनी मित्सुबिशी मोटर्स ताइवानमा आधारित फक्सकनको इलेक्ट्रिक सवारी विभागसँग सन् २०२६ को दोस्रो आधामा अष्ट्रेलिया र न्यूजिल्याण्डमा बिक्री गर्न लागेको एउटा ओईएम इलेक्ट्रिक कार मोडेल ल्याउनका लागि छलफलमा रहेको छ।

मित्सुबिशीले बुधबार फक्सट्रन भेइकल टेक्नोलोजीसँग इलेक्ट्रिक कार विकास गर्न समझदारीपत्रमा हस्ताक्षर गरिसकेको र सम्झौतामा पुग्न थप छलफल हुने जानकारी दिएको छ। फक्सट्रन, फक्सकन र ताइवानको युलोन मोटर कम्पनीबीचको संयुक्त लगानीमा बनेको कम्पनी हो, जसले निसानका गाडीहरू उत्पादन र संयोजन गर्छ।

टेकक्रञ्चका अनुसार मित्सुबिशी र निसानले रेनो कम्पनीसँगको त्रिपक्षीय साझेदारी प्रयोग गर्दै उत्तर अमेरिकामा आफ्नो इलेक्ट्रिक सवारीको लाइनअप विस्तार गर्न लागेका छन्।

मित्सुबिशीले सन् २०२६ को दोस्रो आधादेखि उत्तर अमेरिकामा निसान लिफ इलेक्ट्रिक कारको नयाँ ब्रान्डमा बिक्री सुरु गर्ने बताएको छ। त्यसैगरी, निसानले पनि सन् २०२५ मा मित्सुबिशीले बनाएको प्लग-इन हाइब्रिड इलेक्ट्रिक सवारीलाई नयाँ ब्रान्डमा बिक्री गर्नेछ।

मित्सुबिशीले युरोपमा पनि रेनोले बनाएका इलेक्ट्रिक सवारीहरूलाई नयाँ ब्रान्डमा बिक्री गर्ने योजना बनाएको छ।

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २५ बैशाख २०८२, बिहीबार