चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक

  • Technology Khabar | १६ फाल्गुन २०८१, शुक्रबार
चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक

काठमाडौं ।

चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ। जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ।

यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो। सीएसएससीको अनुसार उक्त इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पन्न गर्दछ, जसले पारम्परिक डिजेल–सञ्चालित मोडेलहरूको तुलनामा ७.५ प्रतिशतले कार्बन डाइअक्साइड उत्सर्जन घटाउँछ।

यसमा एक उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम, कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ, जसले असाधारण ऊर्जा बचत, उत्सर्जन घटाउने क्षमता, उच्च परिचालन दक्षता र कम मर्मत लागत प्रदान गर्दछ। इन्जिनले ५जी सञ्चार प्रविधि प्रयोग गर्दछ, जसले वास्तविक–समय डाटा प्रसारण गर्न सहयोग गर्छ। रासस/सिन्ह्वा

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • १६ फाल्गुन २०८१, शुक्रबार