नोकियाले सामसङसँग गर्यो नयाँ बहुवर्षीय पेटेन्ट लाइसेन्स सम्झौता

  • Technology Khabar | ३ माघ २०८१, बिहीबार
नोकियाले सामसङसँग गर्यो नयाँ बहुवर्षीय पेटेन्ट लाइसेन्स सम्झौता

काठमाडौं ।

फिनल्यान्डको फिनल्याण्डको नोकियाले बुधबार दक्षिण कोरियाली कम्पनी सामसङसँग आफ्नो भिडियो प्रविधि टिभीहरूमा प्रयोग गर्नका लागि बहुवर्षीय पेटेन्ट लाइसेन्स सम्झौता गरेको घोषणा गरेको छ।

सम्झौताअन्तर्गत  सामसङले नोकियालाई रोयल्टी भुक्तानी गर्नेछ। यो जानकारी नोकियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको रोयटर्सले उल्लेख गरेको छ।

नोकियाले यो नयाँ सम्झौता आफू र सामसङबीचको विद्यमान फाइभजी पेटेन्ट लाइसेन्स सम्झौताबाट अलग रहेको बताएको छ। साथै सम्झौताको सर्तहरू दुबै पक्षबीच गोप्य राखिएको छ।

प्रकाशित: ३ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार