
काठमाडौं ।
अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाको चीन बिक्री २०२४ मा ८.८ प्रतिशत ले बढेर ६ लाख ५७ हजार कारभन्दा बढीको रेकर्ड उच्चमा पुगेको छ।
यो वृद्धिले प्रतिस्पर्धात्मक बजारमा टेस्लाको बलियो प्रदर्शनलाई देखाउँछ, त्यही वर्ष जब यसको वार्षिक विश्वव्यापी डेलिभरी पहिलो पटक घट्यो।
टेस्ला चाइनाका अनुसार, डिसेम्बरमा टेस्लाको चीनमा भएको बिक्री अघिल्लो महिनाको तुलनामा १२.८ प्रतिशत ले बढेर ८३ हजार युनिट पुगेको छ। २०२४ मा, टेस्लाले आफ्नो कारहरूको ३६.७ प्रतिशत ग्राहकहरूलाई चीनमा डेलिभर गर्यो जुन बिक्रीको आधारमा यसको दोस्रो ठूलो बजार हो।
तर विश्वव्यापी डेलिभरी भने १.१प्रतिशत ले घटेको छ, जसले सीईओ एलन मस्कले भविष्यवाणी गरेको सामान्य वृद्धिलाई पूरा गर्न सकेन। चीनबाट युरोपतर्फको निर्यात २४ प्रतिशतले घट्यो।
युरोपमा घटेका अनुदान, अमेरिकामा सस्ता हाइब्रिड गाडीप्रतिको रुचि, र विशेष गरी चीनको बीवाईडी जस्ता प्रतिस्पर्धीहरूका कारणले बिक्रीमा कमी आएको रोयटर्सले उल्लेख गरेको छ।
चीनमा निर्मित टेस्ला ईभीको युरोप र अन्य बजारतर्फको निर्यात पनि समावेश रहेको डिसेम्बर महिनाको बिक्री गत वर्षको तुलनामा ०.४ प्रतिशतले घटेर ९३,७६६ युनिटमा पुगेको छ।
रोयटर्सका अनुसार चीनमा निर्मित मोडल ३ र मोडल वाईको वार्षिक बिक्री (घरेलु र निर्यात समावेश) ३.३ प्रतिशत ले घटेको छ। चीनबाट युरोपतर्फको निर्यात २६०,००० मा सीमित भयो, जुन २०२१ पछि सबैभन्दा खराब प्रदर्शन हो।
युरोपेली आयोगले चीनमा निर्मित ईभीमा वर्षभरि अनुदान छानबिन थालेपछि र अक्टोबरमा ७.८प्रतिशत शुल्क लगाएपछि युरोपतर्फको निर्यात घटेको हो।
लन्डनस्थित ग्लोबलडाटा परामर्शदाताका चीन बजार पूर्वानुमान प्रमुख जोन जेंगका अनुसार, टेस्लाको चीन बिक्रीको रेकर्डले विश्वव्यापी ईभी बजारको परिदृश्यलाई झल्काउँछ। चीनले एक मात्र प्रमुख बजारको रूपमा मजबुत वृद्धि गरिरहेको छ, जबकि अन्य बजारहरू सुस्ताइरहेका छन्।
२०२४ का पहिलो ११ महिनामा विश्वव्यापी ईभी र हाइब्रिड गाडीहरूको बिक्रीमा ७०प्रतिशत चीनको योगदान रहेको थियो, र यो वर्षको वृद्धि ९०प्रतिशत भन्दा बढी चीनबाट आएको थियो।
१.७९ मिलियन कारहरूको विश्वव्यापी बिक्रीसँगै, टेस्ला अझै १.७६ मिलियन बिक्री भएको बीवाईडी भन्दा अलि अगाडि छ।
प्रकाशित: २१ पुष २०८१, आईतवार