नेपाल टेलिकमको फोरजी सेवा अब जुम्लाको पातारासीमा पनि, सेवाग्राही लाभान्वित

  • Technology Khabar | १९ मंसिर २०८१, बुधबार
नेपाल टेलिकमको फोरजी सेवा अब जुम्लाको पातारासीमा पनि, सेवाग्राही लाभान्वित

काठमाडौं ।

पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन्। उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ। जिल्लाको विकट गाउँ सो वडामा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताए।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए। यहाँका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए।-रासस

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...