भाइबरले प्रस्तुत गर्यो नयाँ एआई सुविधा

  • Technology Khabar | १९ फाल्गुन २०८२, मंगलवार
भाइबरले प्रस्तुत गर्यो नयाँ एआई सुविधा
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

लोकप्रिय मेसेजिङ एप राकुटेन भाइबरले “एआई म्यासेज पोलिस” नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स–आधारित सुविधा प्रस्तुत गरेको छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई सन्देशहरू पठाउनु अघि उनीहरूको टेक्स्ट सुधार गर्न मद्दत गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

यो विकल्पको साथ, प्रयोगकर्ताहरूलेः

  • सन्देशहरू लेख्ने क्रममा हुने हिज्जे र व्याकरणीय त्रुटिहरू सच्याउन सक्छन्।
  • सन्देशको स्वर परिवर्तन गर्न सकिनेछ (जस्तै अनौपचारिकबाट व्यावसायिक)।
  • एप नछोडिकन अन्य भाषाहरूमा टेक्स्ट अनुवाद गर्नसकिनेछ।
  • त्यसैगरी छरिएका नोटहरूलाई स्पष्ट, संक्षिप्त सन्देशमा परिणत गरेर विचारहरूलाई आकार दिनेछन्।

यो सुविधा उपलब्ध भएपछि टेक्स्ट फिल्डको छेउमा “एआई म्यासेज डेलिभरी” बटन देखा पर्नेछ।

यो बटनमा क्लिक गरेपछि प्रयोगकर्ताले शैली समायोजन, टोन परिवर्तन वा अनुवाद चाहिने वा नचाहिने भनेर छनौट गर्न सक्नेछन् र त्यसपछि एआईको सुझाव स्वीकार गर्दै थप सम्पादन गर्न सकिने छ।

टेक्स्ट प्रोसेसिङ ओपनएआईसँगको सहकार्यमा गरिन्छ र गोपनीयता नियमहरू अनुसार, इन्टर गरिएको टेक्स्ट एआई मोडेलहरूलाई तालिम दिन प्रयोग नगरिने र प्रोसेसिङ पछि तुरुन्तै मेटाइने भाइबरले बताएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...