असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात

  • Technology Khabar | १९ कार्तिक २०८३, बिहीबार
असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात
फाइल तस्बिर। ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ तेस्रो महिना अर्थात असोज मसान्तसम्म नेपालमा ४४ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरुबाट उक्त मूल्य बराबरका २ लाख ९ हजार ८७७ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५ करोड ८६ लाख २४ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट २९ करोड २९ लाख १७ हजार बराबरको १ लाख १५ हजार ६६८ थान तथा भारतबाट १४ करोड ८१ लाख १७ हजार बराबरको ७० हजार ५९६ थान चुलो आएको छ।

यीबाहेक बंगलादेशबाट १८ लाख ५७ हजार बराबरको ३ हजार ५७० थान, कतारबाट ३ हजार बराबरको ६ थान, यूएईबाट १२ हजार बराबरको २९ थान, कोरियाबाट ५ हजार बराबरको ३ थान, सिंगापुरबाट २ हजार बराबरको १ थान तथा युगान्डाबाट १५ हजार बराबरको ३ थान विद्युतीय चुलो आएको पाइएको छ।
विवरण यस्तो छः

क्र.सं. देश विवरण रकम (हजारमा)
१1 चीन १३५६६८ २९२९१७
२ भारत ७०५९६ १४८११७
३ बंगलादेश १८५७ ३५७०
४ कोरिया ३ ५
५ सिङ्गापुर १ २
६ कतार ६ ३
७ यूगान्डा ३ १५
८ यूएई २९ १२
९ हङकङ १ ३

प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार