अमेजनले डाटा सेन्टर विस्तार र एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्न थप १८ अर्ब यूरो लगानी गर्ने

  • Technology Khabar | १९ फाल्गुन २०८२, मंगलवार
अमेजनले डाटा सेन्टर विस्तार र एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्न थप १८ अर्ब यूरो लगानी गर्ने

काठमाडौं ।

अमेजनले सोमबार स्पेनमा आफ्ना डाटा सेन्टर विस्तार गर्न र एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्न थप १८ अर्ब युरो (करिब २१ अर्ब डलर) लगानी गर्ने घोषणा गरेको छ। यससँगै उक्त देशमा कम्पनीको कुल लगानी ३३.७ अर्ब युरो पुगेको छ।

रोयटर्सका अनुसार यो घोषणा स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड काङ्रेसका क्रममा अमेजनका प्रमुख ग्लोबल अफेयर्स तथा कानुनी अधिकृत डेभिड जापोल्स्कीसँग भेट गरेपछि गरिएको हो। जापोल्स्कीका अनुसार यो लगानीले सन् २०३५ सम्म करिब ३० हजार रोजगारीलाई सहयोग पुर्‍याउनेछ।

“यस लगानीसँगै हामीले स्पेनलाई युरोपमा आफ्ना सञ्चालनको एआई केन्द्र बनाउँदैछौं,” उनले भने।

गत वर्ष अमेजनको क्लाउड कम्प्युटिङ इकाई अमेजन वेब सर्भिसेज (एडब्लूएस) ले स्पेनको उत्तर–पूर्वी अरागोन क्षेत्रमा डाटा सेन्टर निर्माणका लागि १५.७ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो। उक्त लगानीबाट सन् २०३३ सम्म स्थानीय कम्पनीहरूमा वार्षिक औसत १७,५०० रोजगारी सिर्जना हुने अनुमान गरिएको थियो।

प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...