ह्वावेले नयाँ सोलिड–स्टेट ब्याट्री प्रविधिको लागि पेटेन्ट फाइल गर्यो

  • Technology Khabar | २४ कार्तिक २०८१, शनिबार
ह्वावेले नयाँ सोलिड–स्टेट ब्याट्री प्रविधिको लागि पेटेन्ट फाइल गर्यो

काठमाडौं ।

सोलिड–स्टेट ब्याट्री प्रविधिमा आफ्नो नवीनतम विकासका साथ ऊर्जा भण्डारणतर्फ एक महत्वपूर्ण प्रगति सेट गर्न ह्वावे तयार रहेको छ। टेक जायन्टले भर्खरै सल्फाइड–आधारित सोलिड (ठोस) इलेक्ट्रोलाइटको लागि पेटेन्ट अनावरण गरेको छ जुन अर्को पुस्ताको लिथियम–आयन ब्याट्रीहरूको लागि महत्त्वपूर्ण कम्पोनेन्ट हुनेछन्।

ह्वावेको सल्फाइड–आधारित ब्याट्री प्याटेन्टले लाइफस्पान, सुरक्षा बढाउनेछ

यो नयाँ प्रविधिले ब्याट्री उद्योगमा लामो समयदेखि रहेको लिक्विड इलेक्ट्रोलाइट्सको ह्रासको चुनौतीलाई सम्बोधन गर्नेछ। यी लिक्विड कम्पोनेन्टहरूलाई सोलिड इलेक्ट्रोलाइट्सले प्रतिस्थापन गरेर ह्वावेले ब्याट्रीहरूको जीवन, सुरक्षा र पर्फमेन्सतर्फ विशेष गरी विद्युतीय सवारी साधन र ऊर्जा भण्डारण प्रणालीहरू जस्ता प्रयोगहरूको लागि उल्लेखनीय रूपमा वृद्धि गर्ने लक्ष्य राखेको उल्लेख छ।

पेटेन्ट गरिएको सल्फाइड–आधारित सोलिड इलेक्ट्रोलाइटले उच्च ऊर्जा घनत्व, द्रुत चार्जिङ र डिस्चार्ज क्षमताहरूका साथै उत्कृष्ट कम–तापमान प्रदर्शन सहित असाधारण गुणहरू प्रदर्शन गर्दछ। यसबाहेक, यसले पारम्परिक लिथियम–आयन ब्याट्रीहरूको साझा चिन्ताको विषय थर्मल रनअवेको जोखिमलाई कम गरेर बढि सुरक्षा प्रदान गर्नेछ।

यस प्रगतिले दिगो ऊर्जा समाधानहरू र उच्च प्रदर्शन ब्याट्रीहरूको बढ्दो मागको लागि विश्वव्यापी प्रयाससँग पङ्क्तिबद्ध रहेको बताइएको छ। हालको ब्याट्री प्रविधिहरूको सीमिततालाई पार गरेर ह्वावेको सोलिड–स्टेट ब्याट्री नवाचारले विद्युतीय सवारी साधन र नवीकरणीय उर्जा स्रोतहरू अपनाउने कार्यलाई तीव्र पार्ने क्षमता राख्दछ।

विश्वले थप दिगो भविष्यतर्फ लम्किँदै गर्दा ह्वावेको सोलिड–स्टेट ब्याट्री प्रविधि जस्ता सफलताहरू आवश्यक पर्ने बताइएको छ। परम्परागत ब्याट्रीहरूको सीमिततालाई सम्बोधन गरेर यो नवाचारले ऊर्जा भण्डारण समाधानहरूको नयाँ युगको लागि बाटो निमार्ण गर्न सक्ने थप उल्लेख गरिएको छ।

त्यसैगरी ब्याट्री इनोभेसन स्मार्टफोन बजारमा पनि एक तातो विषय भएको उल्लेख गरिएको छ। यस वर्षको मोबाइल वर्ल्ड कंग्रेसमा स्मार्टफोनका लागि छिटो चार्ज हुने, लामो समयसम्म चल्ने ब्याट्रीहरू विकास गर्ने कुरा स्पटलाइट बनेको थियो।

कम्पनीहरूले ब्याट्रीको जीवन बढाउनका लागि लिथियम–सल्फर र ग्राफिन जस्ता सामग्रीहरू खोज गरिहेका छन्। यो वर्ष धेरैजसो शीर्ष स्मार्टफोन कम्पनीहरूले सिलिकन–कार्बन ब्याट्रीहरू प्रयोग गरिरहेका छन् जसले परम्परागत लिथियम–आयन ब्याट्रीहरूको तुलनामा उच्च ऊर्जा घनत्व, छिटो चार्जिङ र लामो जीवन प्रदान गर्दछ।

यसैबीच एक चिनियाँ स्टार्टअपले स्मार्टफोनलाई ५० वर्षसम्म पावर गर्न सक्ने क्षमता भएको परमाणु ब्याट्रीको खुलासा गरेको छ। साथै ईयूले पनि थप दिगो र पुनः प्रयोग गर्न मिल्ने ब्याट्रीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ मापदण्डहरू पनि ल्याएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न

  • Technology Khabar
  • २४ कार्तिक २०८१, शनिबार