सामसङको सन् २०२४ को तेस्रो त्रैमासमा बिक्रीमा वृद्धि, नाफा प्रभावहीन

  • Technology Khabar | २४ आश्विन २०८१, बिहीबार
सामसङको सन् २०२४ को तेस्रो त्रैमासमा बिक्रीमा वृद्धि, नाफा प्रभावहीन

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले सन् २०२४ को तेस्रो त्रैमासिकको (क्यू३) लागि आफ्नो आय अनुमान पोस्ट गर्दै पहिलेको अपेक्षा भन्दा १० प्रतिशत कम नाफा हुने खुलासा गरेको छ।

नाम नखुलाइएको प्रमुख भेन्डरबाट एआई चिप व्यवसायमा भएको अप्रत्याशित ढिलाइ नै यसको मुख्य कारण भएको कम्पनीले जनाएको छ।

सामसङले अघिल्लो त्रैमासिकको तुलनामा मोबाइल डिभिजनको आम्दानीमा सुधार भएको खुलासा गरेको छ। उक्त अवधिमा ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ फोल्डेबलहरू सार्वजनिक भएको थियो।

त्यसैगरी एप्पलले आफ्नो आईफोनहरू लन्च गर्दा डिस्प्ले डिभिजनमा पनि वृद्धि देखिएको र जसमध्ये अधिकांश सामसङ प्यानलहरू रहेको जनाइएको छ।

त्यसका साथै रोयटर्सले धेरै विश्लेषकहरूलाई उद्धृत गरेको जनाइएको छ र उनीहरूले यस त्रैमासिकमा आम्दानीमा सुधार भएको नदेखिने भनि उल्लेख गरेको जनाइएको छ।

जीएसएमएरिनाका अनुसार सामसङको दक्षिण कोरियाली प्रतिस्पर्धी एसके हाइनिक्सले एआई प्रोसेसिङका लागि प्रयोग हुने मुख्य चिपहरू एचबीएम चिप्स (हाई ब्यान्डविथ मेमोरी) मा बिक्री बढाएको हुनाले सामसङ अझै पनि एसके हाइनिक्स भन्दा पछि नै रहेको छ।

टेक्नोलोजीमा नयाँ फ्याडमा सामसङको ढिलो प्रतिक्रियाले कम्पनीलाई परम्परागत, कम मार्जिन भएका चिपहरूमा भर पर्न बाध्य तुल्याएको उल्लेख गरिएको छ। साथै माग पनि सुस्त भएको हुनाले यो बजार पहिले नै बिस्तारै चीनबाट प्रतिस्पर्धामा घुसपैठ भइरहेको छ।

सामसङको डिभाइस सोलुसन डिभिजनका उपाध्यक्ष यङ्ग ह्युन जुनले “यो कम्पनीको लागि परीक्षणको समय भएको” उल्लेख गरेका छन्। साथे उनले चुनौतीलाई अवसरमा परिणत गर्ने र दीर्घकालीन प्राविधिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुने वाचा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार