एप्पलले एआर ग्लासका साथै २०२६ को एप्पल वाच अल्ट्रामा माइक्रोएलईडी प्रयोग गर्ने

  • Technology Khabar | २४ आश्विन २०८१, बिहीबार
एप्पलले एआर ग्लासका साथै २०२६ को एप्पल वाच अल्ट्रामा माइक्रोएलईडी प्रयोग गर्ने

काठमाडौं ।

यस वर्षको सुरुवातमा एप्पल वाच अल्ट्रा ३ को लागि माइक्रोएलईडी डिस्प्लेको अर्डर रद्द गरिएको भन्ने कुरालाई ध्यानमा राख्दा एप्पलले उक्त टेक्नोलोजीलाई अब समावेश नगर्ने भनेर सोच्न सकिने बताइए तापनि नयाँ अफवाहले त्यो परिकल्पनालाई खण्डन गरेको जनाइएको छ।

माइक्रोएलईडीप्रति एप्पलको अझै पनि धेरै लगाव रहेको र अन्ततः यसलाई सन् २०२६ मा लन्च गरिने एप्पल वाच अल्ट्रा मोडेलमा प्रयोग गर्ने लक्ष्य राखेको (एक बिन्दुमा फेब्रुअरीमा भनेर आएको अफवाह भन्दा एक वर्ष पहिले) भन्दै एक टिपस्टरले एक्समा उल्लेख गरेको जनाइएको छ।

एप्पलले एआर ग्लास (चश्मा) मा माइक्रोएलईडी प्यानलहरू प्रयोग गर्न गइरहेको जनाइएको छ जुन सन् २०२६ मा ठूलो मात्रामा उत्पादन हुने उल्लेख गरिएको छ।

त्यसैले यदि यसले मूर्तरुप लिएको खण्डमा भने सन् २०२६ एप्पलको लागी वास्तवमा एक माइक्रोएलईडीमय वर्ष जस्तो देखिने थप उल्लेख गरिएको छ।

यसैगरी यी तथ्यहरू साँचो भएमा एलजीले पहिले रद्द गरिएको परियोजनाको लागि एप्पलबाट क्षतिपूर्तिको माग गर्नेछ वा एक पटक फेरि सम्झौता प्राप्त गर्ने प्रयास गर्नेछ भन्ने बारेमा स्पष्टता नभएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार