सिड्स फर द फ्युचर अन्तर्गत छानिएका नेपाली विद्यार्थीहरू चीनतर्फ प्रस्थान गर्दै

  • Technology Khabar | ६ आश्विन २०८१, आईतवार
सिड्स फर द फ्युचर अन्तर्गत छानिएका नेपाली विद्यार्थीहरू चीनतर्फ प्रस्थान गर्दै

काठमाडौं ।

ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई अन्तर्गत प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्दछ ।

कडा प्रतिस्पर्धा र मूल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन्।

उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन्।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ।

साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ। उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन्।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदीयमान प्रविधि कम्पनीहरूसँग अन्तरक्रिया गर्ने, र तीव्र प्राविधिक विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन्।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ। नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ।

के हो सिड्स फर फ्युचर?

नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ।

सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी (CSR )प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो। हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन्।

नेपालमा, यो कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू, र अन्तिम अन्तर्वार्ता समावेश छन्।

क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, फाइभ जी, र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन्।

प्रकाशित: ६ आश्विन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ६ आश्विन २०८१, आईतवार
Desktop Popup ImageMobile Popup Image×