डेल्टा एयरलाइन्सको आरोपविरुद्ध लड्न क्राउडस्ट्राइकलाई माइक्रोसफ्टको साथ

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
डेल्टा एयरलाइन्सको आरोपविरुद्ध लड्न क्राउडस्ट्राइकलाई माइक्रोसफ्टको साथ
क्राउडस्ट्राइक लोगो सेल फोन र कम्प्युटर मोनिटरमा। (फोटो इलस्ट्रेसन मारियो टामा/गेटी इमेजेज) (फोटो मारियो टामा/गेटी इमेजेस नर्थ अमेरिका/गेटी इमेजेज मार्फत एएफपी)

काठमाडौं ।

डेल्टा एयरले साइबर सुरक्षा संस्था क्राउडस्ट्राइकमाथि ५० करोड डलर क्षतिपूर्तिसहित मुद्दा हाल्ने धम्की दिएकोमा माइक्रोसफ्टले त्यसको विरोध गरेको छ। केही दिनअघि डेल्टा एयरले क्राउडस्ट्राइक सफ्टवेयर अपडेटका क्रममा विश्वभर ८५ लाख विण्डोज डिभाइसमा आएको समस्याका कारण थुप्रै उडान रद्द गर्नुपरेको भन्दै त्यसबाट भएको घाटा उठाउन ५० करोड क्षतिपूर्तिसहित क्राउडस्ट्राइकमाथि मुद्दा हाल्ने बताएको थियो।

माइक्रोसफ्टका एक वकिलले मंगलबार डेल्टाको मुख्य सूचना प्रविधि सिस्टम माइक्रोसफ्टले नभई अन्य कुनै प्रविधि कम्पनीले उपलब्ध गराएको सम्भावना व्यक्त गरे। ‘तपाईँको पत्र र डेल्टाको सार्वजनिक टिप्पणी अपूरो, भ्रामक र माइक्रोसफ्ट तथा यसको प्रतिष्ठा गिराउने खालको छ’, माइक्रोसफ्टका वकिल मार्क चेफ्फोले डेल्टाका वकिल डेभिड ब्वाइसलाई लेखेको पत्रमा उल्लेख छ।

अन्य एयरलाइनहरुले डेल्टाको भन्दा निकै छिटो कसरी आफ्ना कामकारबाही सुचारु गर्न सक्षम भए भन्नेबारे माइक्रोसफ्टले निष्कर्ष निकाल्न प्रयास गरिरहेको चेफोले जानकारी दिए। चेफोको यो टिप्पणीले प्रविधि कम्पनीहरु र एटलाण्टामा रहेको एयरलाईबीच चलिरहेको तनावलाई प्रस्ट्याउने समाचार संस्था एपीन्युजले जनाएको छ।

डेल्टाका सीईओ एड बास्टियनले गत हप्ता क्राउडस्ट्राइकको खराब अपग्रेडका कारण विश्वभर भएको प्राविधिक गडबडीले माइक्रोसफ्ट विण्डोजयुक्त डिभाइसहरुलाई विशेष समस्या पारेको र यसबाट एयरलाईनलाई ५० करवड डलर घाटा भएको भन्दै क्षतिपूर्तिका लागि कानुनी उपचार खोज्ने धम्कीसमेत दिएका थिए।

मंगलबार डेल्टाले आफूहरु सन् २०१६ देखि सूचना प्रविधि पुँजीमा लगाइएको अर्बौं डलरलगायतको विश्वासिलो सेवाहरुमा लगानी गर्दै आएको रेकर्ड भएको दावी गरेको छ। उता क्राउडस्ट्राइकले पनि डेल्टाको दावीको विरोध गरेको छ।

क्राउडस्ट्राइक र माइक्रोसफ्ट दुवैले आफूहरुले अघिल्लो महिना भएको आउटेजको घाटा भर्पाईका लागि दिएको अफर डेल्टाले अस्विकार गरेको बताए। माइक्रोसफ्टका वकिलले सीईओ सत्या नाडेलाले यसबारे डेल्टाका सीईओ बास्टियनलाई इमेल पठाएको तर बास्टियनले त्यसको जवाफ नदिएको जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार