ताजा समाचार

गण्डकी प्रदेशमा ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा

गण्डकी प्रदेशमा ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा
सांकेतिक तस्विर
Global IME Bank

गण्डकी प्रदेशमा सेवा प्रदान गर्ने गरी ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको छ। ई ड्राइभ गण्डकी नेपाल र ई ड्राइभ नेपालले सहकार्य गर्दैै राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो।

गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ।

यात्रुले प्ले स्टोर र एपस्टोरका माध्यमबाट ई ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन ‘बुक’ गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटर जस्ता सवारीमार्फत सेवा दिइने छ। पोखरामा २५ ओटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइने कार्कीले बताए।

“एक हजारभन्दा बढी मो टरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएका छन् । आबद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रे सन गर्न सक्ने छन्,” उनले भने।

यात्रुको सुरक्षालाई ध्यानमा राखे र ई ड्राइभमा नेभिगेसन प्रणाली प्रयोग गरिएकाले कुन सवारीसाधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले बताए। उनका अनुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको सात लाख रुपियाँ बराबरको बिमा गरिने छ।

७० हजार रुपियाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनीले गर्ने उल्लेख गरिएको छ। गोरखापत्रबाट

Sajilo Visa
easy care