ओलाको राइड शेयरिङ्ग अस्ट्रेलिया, बेलायत र न्यूजिल्याण्डमा बन्द, भारतीय व्यापारमा केन्द्रित हुने

  • Technology Khabar | ३० चैत्र २०८०, शुक्रबार
ओलाको राइड शेयरिङ्ग अस्ट्रेलिया, बेलायत र न्यूजिल्याण्डमा बन्द, भारतीय व्यापारमा केन्द्रित हुने

काठमाडौं ।

एप मार्फत क्याब सेवा प्रदान गर्ने भारतीय कम्पनी ओलाले अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्डमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ। ओला प्रवर्द्धक एएनआई टेक्नोलोजीले भारतको व्यापारमा ध्यान केन्द्रित गरिरहने बताएको छ।

जापानको सफ्टबैंकले लगानी गरेको यो कम्पनीले भारतमा सेवा विस्तारको प्रशस्त सम्भावना देखिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

ओला मोबिलिटीका प्रवक्ताले भने, “हाम्रो राइड सर्भिस ब्यापार तीव्र गतिमा बढिरहेको छ। हामी यस खण्डमा देशकै पहिलो स्थानमा छौं। मोबिलिटीको आउँदै गरेको युग विद्युतीय छ। देशमा विस्तारका लागि धेरै अवसरहरू छन्। हामीले हाम्रो प्राथमिकताहरूलाई पुन: परिभाषित गरेका छौं। हामीले अस्ट्रेलिया, न्यूजिल्याण्ड र बेलायतमा हाम्रो सवारी सेवा व्यवसायको मूल्याङ्कन गरी बन्द गर्ने निर्णय गरेका छौं।”

कम्पनीले करिब ६ वर्षअघि यी देशमा व्यापार सुरु गरेको थियो। वित्तीय वर्ष २०२३ मा एएनआई टेक्नोलोजीको समेकित शुद्ध घाटा लगभग ७७२.२५ करोड भारतीय रुपैयाँमा घट्यो। अघिल्लो आर्थिक वर्षमा यो १,५२२.३३ करोड भारतीय रुपैयाँ थियो।

वित्तीय वर्ष २०२३ मा कम्पनीको समेकित राजस्व लगभग ४८ प्रतिशतले बढेर २,४८१.३५ करोड रुपैयाँ पुगेको छ।

ओलाको इलेक्ट्रिक दुई पाङ्ग्रे एकाइ ओला इलेक्ट्रिकले मार्चमा ५३ हजार भन्दा बढी युनिटहरू बिक्री गरेको छ। यो कम्पनीको सबैभन्दा बढी मासिक बिक्री हो।

कम्पनीले प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) मार्फत ६६ करोड २० लाख डलर जुटाउने योजना बनाएको छ। यसमा नयाँ शेयर निष्कासनसँगै विद्यमान लगानीकर्ता सफ्टबैंकको शेयर पनि बिक्री गरिने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

यसकारण सस्ता फोन पनि महँगिँदैछन्: युस्विच

  • Technology Khabar
  • ३० चैत्र २०८०, शुक्रबार