भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
भोटखोलामा टेलिफोन सेवा अवरुद्ध
सांकेतिक तस्विर

काठमाडौं ।

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

सोमबार राति परेको चट्याङका कारण लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। उनका अनुसार चट्याङ परेपछि जेनेरेटरको चार्ज डाउन भएसँगै टावरमा समस्या देखिएको हो।

प्रमुख राईले उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले बेलाबेला टावरमा समस्या आउने गरेको बताए। अवरुद्ध सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने भन्दै धनकुटाबाट प्राविधिक टोली माग गरिएको उहाँले जानकारी दिए।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–२ का  हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।

उनका अनुसार विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै पनि सोलार उर्जाको भरमा सञ्चालन हुने गरेको छ। विद्युत् विस्तार नहुँदा मोबाइल प्रयोग गर्ने स्थानीयले मौसमको भरमा सेवा पाउने गरेका छन्। रासस

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ चैत्र २०८०, मंगलवार