ह्वावेले यसै वर्ष ट्रिपल फोल्डिङ फोन लन्च गर्ने अनुमान

  • Technology Khabar | २४ माघ २०८०, बुधबार
ह्वावेले यसै वर्ष ट्रिपल फोल्डिङ फोन लन्च गर्ने अनुमान

काठमाडौं ।

फोल्डेबल फोनहरूले मुख्यधाराका उपभोक्ताहरूलाई भर्खरै आकर्षित गर्न थालेका छन्। यसैबीच यस क्षेत्रको प्रमुख खेलाडी ह्वावेले यस प्रविधिमा आफ्नो प्रयास विस्तार गर्न खोजिरहेको छ।

चिनियाँ टेक जायन्टले ट्रिपल–फोल्डिङ फोनको विकास गरिरहेको र सन् २०२४ को दोस्रो त्रैमासिकमा लन्च गरिने सम्भावना रहेको चर्चा चलेको छ।

साथै ताइवानको टेकन्युज लगायत धेरै स्रोतहरूले ह्वावेले यस परियोजनाको लागि ठूलो मात्रामा सामग्री खरिद गर्न थालेको सुझाव दिएका छन्।

ट्रिपल–फोल्डिङ फोनमा जेड आकार (Z-सेप्ड) को वा एस आकार (S-सेप्ड) को फोल्डिङ डिजाइन हुने अपेक्षा गरिएको छ। तर यसको स्क्रिन साइज अन्य फोल्डेबल फोनहरू जस्तै लगभग ६.४ इन्चको रहनेछ। ह्वावेको नयाँ फोल्डिंग फोनको लागि बीओई प्यानल आपूर्तिकर्ता हुनेछ भने बियरिङ कम्पनीहरुमा झाओली (Zhaoli) र फुस्डा (Fusda) हिन्ज उत्पादनमा संलग्न रहने बताइएको छ।

ह्वावेले केही समयदेखि ट्रिपल–फोल्डिङ डिस्प्ले प्रविधिको अनुसन्धान गरिरहेको छ। साथै कम्पनीले सन् २०२२ को मार्च र जुलाईमा थप फाइलहरूसहित सन् २०२१ को सुरूवातदेखि नै यस प्रविधिको लागि पेटेन्ट फाइल गर्न थालेको रिपोर्टहरूले उल्लेख गरेको छ।

यस अघि इन्डस्ट्री इनसाइडर (उद्योग भित्रका) रोस यङ्गले ह्वावेको ट्रिपल फोल्डिङ फोन सन् २०२३ को अन्त्य सम्ममा रिलिज हुने सुझाव दिएतापनि यसमा केही ढिलाइ भएको जनाइएको छ।

तर यदि पछिल्लो रिपोर्टलाई आधार मान्ने हो भने, प्रविधि अब बजारमा ल्याउनका लागि पर्याप्त रुपमा परिपक्व भएको बताईएको छ।

ह्वावेको ट्रिपल फोल्डिङ फोन डिभाइसको विकास फोल्डेबल फोनको मागमा हुने अपेक्षित वृद्धिसँग मेल खाने उल्लेख छ। सन् २०२३ मा ढुवानी अपेक्षाभन्दा कम भएको (१५.७ मिलियन युनिट) र विश्लेषकहरूले भने सन् २०२४ मा १२.३ प्रतिशतको वार्षिक वृद्धिदरका साथ १७.७ मिलियन युनिट हुने अनुमान गरेका छन्।

त्यसैगरी एसोसिएटेड प्रेसले यो ट्रिपल–फोल्डिङ डिभाइसको लागि आपूर्तिकर्ताहरूसँग ह्वावेको सहकार्यको पुष्टि गरेको छ। साथै यस डिभाइसको मास प्रोडक्सन (ठूलो उत्पादन) पनि नजिकिएको रिपोर्ट गरेको छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×