समस्याको सूची बनाएर समाधान गर्न सञ्चार मन्त्री शर्माको निर्देशन

Technology Khabar २३ कार्तिक २०८०, बिहीबार

समस्याको सूची बनाएर समाधान गर्न सञ्चार मन्त्री शर्माको निर्देशन
????? ????????? ??????? ??? ??????????????? ?????, ?????? ?????? ????? ???? ??????? ??? ????? ??????? ??????????? ??????? ?????????? ?????? ???? ?? ????/?? ?? ????? ????????? ??????? ??? ??????????????? ?????, ?????? ?????? ??????? ?????? ?????? ??????? ??? ????? ?????????????? ???? ????? ????? ? ?????? : ??????? ?????/????

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी सूची बनाएर समाधान गर्दै जान निर्देशन दिएकी छन्।

यसका साथै मन्त्री शर्माले डिजिटल अर्थतन्त्र मुलुकको आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने भन्दै सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्ने बताईन्।

मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्रालय र मातहत निकायको लक्ष्य हासिलमा भइरहेको ढिलाइको कारण पहिचान गरी अवगत गराउन निर्देशन दिएकी हुन्।

“हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौँ भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौँ भनेर समस्याको पहिचान गर्नुपर्छ”, उनले भनिन, “हाम्रो मन्त्रालयको आन्तरिक कारणले नभएका के–के हुन् ? हामीले गर्न नसकेका काम के–के हुन् ? हाम्रो समन्वय नभएर अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेका विषय के–के हुन् ? यस्तै समग्र हिजोका सरकार, हिजोका दायित्वलगायतका नभएका काम के–के हुन् ?”

यसको पहिचान गरी काम गर्न मन्त्री शर्माले निर्देशन दिईन्। उनले अघिल्लोपटकका सरकारले सिर्जना गरेको दायित्वसमेत फछ्र्योट गर्न नसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन गर्न भएका समस्याबारे समेत समीक्षा हुनुपर्ने बताईन्।

अब सूचना प्रविधिको क्षेत्रमा प्रवेश नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने उनको भनाइ छ। मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा २६ दशमलव २२ प्रतिशत चालु खर्च र दुई दशमलव ७८ प्रतिशत पुँजीगत खर्च भएको छ।

आव २०८०/८१ को बजेट वक्तव्य र बजेट कार्यान्वयनका उपलब्धिमध्ये असोज महिनासम्म ३२ वटा उपलब्धि सम्पन्न हुनुपर्ने भएतापनि चारओटा मात्र सम्पन्न भएको छ । मन्त्रालयकाअनुसार ३१ ओटा काम चालु रहेको छ भने ११ ओटा सुरु नै भएको छैन। मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा रु चार अर्ब ५४ करोड एक लाख बजेट विनियोजित छ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले नागरिकसँग प्रत्यक्ष जोडिएको सञ्चार मन्त्रालयले प्रगतिको क्रम बढाउनुपर्ने बताईन्।

एकातिर सूचना प्रविधिमार्फत डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने र अर्कोतिर आम सञ्चारमार्फत सिङ्गो राज्यको अनुहार प्रस्तुत गर्ने मन्त्रालय भएकाले आफ्नो कार्यसम्पादन क्षमता बढाउनुपर्नेमा उनले जोड दिईन्।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आधारभूत टेलिफोन, इन्टरनेट र आमसञ्चारको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिँदै यी सबै क्षेत्रलाई यो वर्ष प्रभावकारी बनाएर लैजाने बताए।

राष्ट्रिय साइबर सुरक्षा नीति र राष्ट्रिय फ्रिक्वेन्सी नीति जारी गरिएको उल्लेख गर्दै उनले नीति, कानुन र निर्देशिका बनाउनतिर बढी ध्यान केन्द्रित गरिएको बताए। योजना तथा कार्यक्रम समयमा सम्पन्न गर्न अहिलेदेखि कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस चौबीसै घण्टा सञ्चालन, भूकम्प प्रभावित जिल्लामा निःशुल्क समाचार सेवा उपलब्ध गराउने र उपदान कोषमा मन्त्रालयको सहयोगबारे मन्त्रीको ध्यानार्कषण गराए।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि, मन्त्रालय मातहतका विभिन्न विभाग र निकायका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। रासस

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया