टिकटकको मुल कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीबाट सेयर फिर्ता लिँदै

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
टिकटकको मुल कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीबाट सेयर फिर्ता लिँदै

काठमाडौं ।

सर्ट भिडियो एप टिकटकको मुल कम्पनी चीनको बाइटडान्सले अमेरिका बाहिरका आफ्ना कर्मचारीहरूबाट १६० अमेरिकी डलरमा प्रति सेयर किन्न प्रस्ताव गर्ने भएको छ।

कम्पनीले कर्मचारीसँग सेयर किन्ने यस विषयसँग परिचित स्रोतले बुधबार बताएको र कम्पनीले पनि योजनाको पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ।

प्रति सेयरको मूल्य अक्टोबरमा हालका र पूर्व अमेरिकी कर्मचारीहरूलाई गरिएको प्रस्तावसँग मिल्दोजुल्दो छ। रोयटर्स रिपोर्टका अनुसार कम्पनीले प्रति शेयर १६० अमेरिकी डलरमा कम्तिमा ३०० मिलियन अमेरिकी डलरको मूल्यमा किन्न खोजिरहेको छ।

कम्पनीको मूल्य २२३.५ बिलियन अमेरिकी डलर रहेको छ। यो एक वर्ष अघिको मुल्यांकनको तुलनामा २६ प्रतिशत कम भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। गत वर्ष, बाइटडान्स आफ्नो नन्–अमेरिकी कर्मचारीहरूलाई प्रस्ताव गरिएको बायब्याक कार्यक्रममा कम्पनीको मूल्य ३०० बिलियन अमेरिकी डलर थियो।

पछिल्लो १६० अमेरिकी डलर मूल्य अघिल्लो अप्रिल बायब्याकमा सेट गरिएको १५५ अमेरिकी डलर मूल्य भन्दा बढी भएको ती व्यक्तिले जानकारी दिए।

बाइटडान्सका प्रवक्ताले अमेरिका बाहिरका कर्मचारीहरूका लागि सेयर बाइब्याक योजनाको पुष्टि गर्दै भने कम्पनीले त्यस्ता कार्यक्रमहरू मार्फत कर्मचारीहरूको लागि तरलता विकल्पहरू प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीले २०१७ देखि योग्य वर्तमान र पूर्व कर्मचारीहरूलाई वर्षमा दुई पटक बायब्याक कार्यक्रमहरू प्रस्ताव गर्दै आइरहेको छ।

बाइब्याकले कर्मचारीहरूलाई शेयर बजारमा कम्पनी सूचीकृत हुने प्रतीक्षा नगरी शेयर बिक्री गरेर नगद लिने अनुमति दिन्छ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...