सामसङ ग्यालेक्सी ए२५ ले २५ वाट चार्जिङ सपोर्ट गर्ने

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
सामसङ ग्यालेक्सी ए२५ ले २५ वाट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

सामसङले ग्यालेक्सी ए२५ स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको छ। यसमा ग्यालेक्सी ए२४ को भन्दा महत्वपूर्ण सुधारको रुपमा एक्सनोस १२८० चिप सहित फाइभजी कनेक्टिभिटी हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको २५ वाट चार्जिङ रेट पूर्ववर्तीसँग मिल्दोजुल्दो छ। अमेरिकामा एफसीसीद्वारा एक सूचीले आगामी एसएम–ए२५६यू बारे केही विवरणहरू देखाउँछ। ग्यालेक्सी ए२५ मा पनि सामान ५ हजार एमएएच ब्याट्री हुने विश्वास गरिएको छ।

लिस्टिङका अनुसार ग्यालेक्सी ए२५ ले वाईर्फा ८०२.११बी/जी/एन/ए/एसी स्ट्यान्डर्डका साथै एनएफसी सपोर्ट गर्छ। अमेरिकी भर्सनले फाइभजी ब्रान्ड पनि सपोर्ट गर्छ।

यो मिडरेन्जको किफियती फोन हुने विश्वास गरिएको छ। रिपोर्टका अनुसार फोनमा ६.४४ इन्चको स्क्रीन, ५० मेगापिक्सेलको मुख्य क्यामरा र १३ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ।

सामसङ ग्यालेक्सी ए२४ मेमा सार्वजनिक गरिएकाले ग्यालेक्सी ए२५ छिट्टै लन्च हुने विश्वास गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार