
काठमाडौं ।
गुगलले सबै एन्ड्राेइड १४ डिभाइसहरूमा हाेम प्यानल बिस्तार गर्ने घोषणा गरेको छ।
होम प्यानल प्रयोगकर्ताहरूलाई उनीहरूको लक स्क्रिन वा फास्ट सेटिङबाट उनीहरूको स्मार्ट हाेम डिभाइसहरू द्रुत गतिमा नियन्त्रण गर्न अनुमति दिने गुगलकाे एक फिचर हाे। चाँडै नै एन्ड्रोइड १४ चलाउने सबै एन्ड्रोइड डिभाइसहरुमा यो सुबिधा उपलब्ध हुने बताइएकाे छ।
होम प्यानल पहिले पिक्सेल स्मार्टफोन र पिक्सेल ट्याब्लेटका लागि मात्र विशेष थियो। यद्यपि, गुगलले आफ्नो अपरेटिङ सिस्टमको नवीनतम संस्करण चलिरहेका सबै एन्ड्रोइड उपकरणहरूमा सुविधा विस्तार गर्ने पुष्टि गरेको छ।
हाेम प्यानलको साथ, प्रयोगकर्ताहरूले आफ्नो स्पेस र फेब्राेटरिसहरू छिटाे एक्सेस गर्न सक्ने उल्लेख छ।
हाेम प्यानल गुगल हाेम एप नखोलिकनै स्मार्ट हाेमका डिभाइसहरू नियन्त्रण गर्ने एउटा सुविधाजनक तरिका हो र यो विशेष गरी बारम्बार प्रयोग हुने बत्ती र थर्मोस्टेटहरू जस्ता डिभाइसहरूका लागि उपयोगी हुनेछ।
हाेम प्यानल नवीनतम एन्ड्राेइड १४ अपडेट प्राप्त गरेमा सबै एन्ड्रोइड उपकरणहरूमा रोल आउट हुने उल्लेख छ।
प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार