भविष्यका आईफोनमा इन–हाउस ब्याट्री हुनसक्ने, ब्याट्री लाईफमा थप सुधार ल्याउने

  • Technology Khabar | २२ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

एप्पलले आफ्नो भविष्यका आईफोनहरूको लागि ठूलो परिवर्तनको योजना बनाईरहेको छ। कम्पनीले अब चाँडै नै आफ्ना स्मार्टफोनहरूलाई इन–हाउस डेभलप्ड (विकसित) ब्याट्रीमा सार्न सक्ने, जसले हालको पुनरावृत्तिहरूको तुलनामा ब्याट्री पर्फमेन्स (कार्यसम्पादन) मा विभिन्न सुधारहरू प्रदान गर्न सक्नेछ।

एक दक्षिण कोरियाली रिपोर्ट अनुसार, कुपर्टिनो बेस्ड जायन्टले प्रोप्रायटरी ब्याट्री टेक (स्वामित्व ब्याट्री प्रविधि) को विकासमा काम गरिरहेको उल्लेख छ।

यी सेलहरूलाई कम्पनीको भावी पुस्ताका आईफोनहरूमा प्रयोग गर्न सकिने जनाइएको छ भने उक्त ह्यान्डसेटहरू सन् २०२५ मा लन्च हुने सम्भावना रहेको उल्लेख छ। त्यसैले आईफोन १६ लाईनअपमा यो प्रविधि फिचर गरिने सम्भावना नभएको जनाइएको छ।

आईफोनका लागि एप्पलको नयाँ ब्याट्रीहरूले ब्याट्री पर्फमेन्स (कार्यसम्पादन) मा ठूलो सुधार ल्याउने रिपोर्टमा दाबी गरिएको छ।

यो सम्भवतः समग्र ब्याट्री लाईफ वा हाईअर फास्टर चार्जिङ्ग रेट समर्थनसंग सम्बन्धित हुने उल्लेख गरिएको छ। नयाँ ब्याट्रीहरूमा प्रयोग गरिने सामग्रीको निर्माणमा कम्पनी प्रत्यक्षरूपमा संलग्न रहेको ईटी न्यूजले दाबी गरेको छ।

एप्पलले कथित रूपमा यो इन–हाउस ब्याट्रीलाई सन् २०२५ को आईफोनहरूमा प्रयोग गर्ने उल्लेख छ। यसबाहेक, एप्पलले क्याथोड सामग्रीको पर्फमेन्स सुधार गर्न खोजिरहेको रिपोर्टमा जनाइएको छ। त्यसैगरी कम्पनीले स्पष्टरूपमा कार्बन नानोट्यूब्स वा सीएनटीलाई सुधारिएको पर्फमेन्स (कार्यसम्पादन) को लागि कन्डक्टिभ म्याटेरियलको रूपमा विचार गरिरहेको छ।

एप्पलले आफ्नो आईफोन ब्याट्रीहरूको लागि क्याथोड सामग्रीमा सिलिकन सामग्री बढाउने योजना पनि बनाएको हुन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ। जानकारीको लागि, ब्याट्रीमा क्याथोड र क्याथोड सामग्रीहरु राख्ने गरिएको हुन्छ।

नयाँ स्मार्टफोनहरूमा ग्रेफाइटलाई सेकेण्डरी सामग्रीको रूपमा फिचर गरएको हुन्छ भने आईफोन निर्माताले क्याथोड सामग्रीहरूमा सिलिकन सामग्री बढाउने योजना बनाएको हुन सक्ने जनाइउको छ। त्यसो गरिएको खण्डमा यसले चार्जिङ्ग र डिस्चार्जिङ्ग अवधि कम गर्न मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया