काठमाडौं ।
चिपसेट निर्माता कम्पनी मिडियाटेकले अन्ततः आफ्नो नवीनतम फ्ल्यागशिप चिपसेट, डायमेन्सिटी ९३०० अनावरण गरेको छ।
नोभेम्बर १३ मा लन्च हुने भिभाे एक्स १०० र एक्स १०० प्राे, उक्त चिप फिचर गर्ने पहिलो फोनहरू हुने उल्लेख छ। घोषणाको लगत्तै, ओप्पोले पनि यसको अर्को सिरिजको फोनमा डाइमेन्सिटी ९३०० चिप फिचर हुने पुष्टि गरेकाे छ।
२०२४ को पहिलो चौमासिकमा लन्च हुने अपेक्षा गरिएको फाइन्ड एक्स ७ सबैभन्दा नयाँ डाइमेन्सिटी फ्ल्यागशिप चिपले सुसज्जित हुने गिज्माेचाइनामा उल्लेख छ।
फाइन्ड एक्स ७ श्रृंखलाले क्रमशः डायमेन्सिटी ९२०० र स्न्यापड्रयागन ८ जेन २ चिपसेटससंग सुसज्जित फाइन्ड एक्स ६ र फाइन्ड एक्स ६ प्राे लाई प्रतिस्थापन गर्ने बताइएकाे छ। रिपोर्टहरू अनुसार, एक्स ७ लाइनअपमा फाइन्ड एक्स ७ र फाइन्ड एक्स ७ प्राे दुई मोडलहरू हुनेछन्।
भर्खरै, मोडेल नम्बर पिएचजेड ११० को साथ आगामी ओप्पो फोन बेन्चमार्किङ प्लेटफर्म गिकबेन्चको डाटाबेसमा देखिएकाे उल्लेख छ। सूचीले यो डिभाइसमा डाइमेन्सिटी ९३०० चिप, १६ जीबीको र्याम र एन्ड्रोइड १४ रहेको खुलासा गरेको छ।
गीकबेन्च ६ को सिंगल कोर र मल्टि-कोर टेस्टमा डिभाइसले क्रमशः २१३९ र ७१११० अंक हासिल गरेको बताइएकाे छ। पिएचजेड ११० बजारमा ओप्पो फाइन्ड एक्स ७ को रूपमा डेब्यू हुने अनुमान गरिएको छ ।
फाइन्ड एक्स ७ प्राे, अर्कोतर्फ, स्न्यापड्रयागन ८ जेन ३ चिपसेट फिचर हुने अपेक्षा गरिएको छ। भर्खरैको रिपोर्टले प्रो मोडल १ इन्च एलवाइटी-९०० क्यामरा सेन्सरले सुसज्जित हुने पत्ता लगाएकाे उल्लेख छ। याे भिभो एक्स १०० प्राे प्लस शाओमी १४अल्ट्रा प्रिमियम फ्ल्यागशिप फोनहरूमा पनि देखिने बताइएकाे छ। यी फाेनहरुकाे लन्च अर्को वर्ष हुने अपेक्षा गरिएको छ।
अगस्टको एक रिपोर्टले दावी गरेअनुसार फाइन्ड एक्स ७ प्रो फाइन्ड एक्स ६ को कमजोरीहरू पूरा गर्न निर्माण गरिनेछ। यो पनि एक परिष्कृत डिजाइन सहित इङ्क्रीमेन्टल अपग्रेडको साथ आउने छ।
एक्स ७ प्रोमा २ के-रिजोल्युसन डिस्प्ले, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा, र ५० मेगापिक्सेल प्लस ५० मेगापिक्सेल (अल्ट्रा-वाइड) प्लस ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामरासँग फिचर हुने अपेक्षा गरिएको छ।
डिभाइस १६ जीबीको एलपीडीडीआर ५ एकस र्याम, १टी यूएफएस ४.० स्टोरेज, र १०० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङ समर्थनको साथ ठूलो ब्याट्री जस्ता अन्य विशेषताहरूका साथमा आउन सक्ने बताइएकाे छ।
प्रकाशित: २२ कार्तिक २०८०, बुधबार