चन्द्र जित्ने अभियानमा भारतलाई पछ्याउँदै जापान, उड्यो ‘मून स्नाइपर’

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
चन्द्र जित्ने अभियानमा भारतलाई पछ्याउँदै जापान, उड्यो ‘मून स्नाइपर’

काठमाडौं ।

जापानले बिहीबार स्वदेशी एच-आईआईए रकेट चन्द्रमाको अन्वेषण गर्न अन्तरिक्षमा प्रक्षेपण गरेको छ। यो अन्तरिक्ष यान अर्को वर्षको सुरुमा चन्द्रमामा अवतरण हुने अपेक्षा गरिएको छ। अभियान सफल भएमा चन्द्रमाको सतहमा अवतरण गर्ने जापान विश्वको पाँचौ देश बन्नेछ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए)ले रकेट योजना अनुसार दक्षिणी जापानको तानेगाशिमा स्पेस सेन्टरबाट उडान गरेको र स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मून (एसएलआईएम) लाई सफलतापूर्वक लन्च गरेको बताएको छ। प्रतिकूल मौसमका कारण गत महिना उक्त मिशन एक हप्तामा तीन पटक स्थगित गर्नु परेको थियो।

यस रकेटको नाम जापानले ‘मून स्नाइपर’ राखेको छ।

‘मून स्नाइपर’बाट जापानले चन्द्रमाको सतहमा आफ्नो लक्षित स्थानको १०० मिटर भित्र एसएलआईएमः अवतरण गर्ने लक्ष्य राखेको छ। एक सय मिलियन अमेरिकी डलरको मिशनले लामो, ईन्धन–कुशल दृष्टिकोण ट्र्याजेक्टोरी पछि फेब्रुअरीसम्म अवतरण सुरु गर्ने अपेक्षा गरिएको छ।

जेएक्सएका अध्यक्ष हिरोशी यामाकावाले पत्रकार सम्मेलनमा भने, ‘ एसएलआईएम ठूलो उद्देश्य उच्च–सटीक अवतरण प्रमाणित गर्नु हो … चन्द्रमाको सतहमा ‘हामीले गर्न सक्ने ठाउँमा अवतरण’ भन्दा पनि ‘हामीले चाहेको ठाउँमा अवतरण’ हासिल गर्ने हो।

बिहीबार लन्च भएको केही घण्टा पछि, जेएक्सएले भन्यो कि यसले एसएलआईएमबाट सिंगल प्राप्त गरेको र यसले सामान्य रूपमा काम गरिरहेको छ।

भारतले आफ्नो चन्द्रयान–३ मिशनको साथ चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो राष्ट्र बनेको दुई हप्ता पछि जापानले चन्द्रमाका लागि आफ्नो रकेट प्रक्षेपण गरेको हो। करिब सोही समयमा रुसले चन्द्रमा अभियानका लागि लन्च गरेको लुन २५ भने दुर्घटनामा परेको थियो।

यस अभियान अघि गत वर्ष जापानको दुई पटक चन्द्रमा अवतरण गर्ने प्रयास असफल भएको थियो।

जेएएक्सएको ओमोटेनाशी ल्याण्डरसँग सम्पर्क गुमेको थियो र नोभेम्बरमा अवतरणको प्रयास विफल भएको थियो

जापानी स्टार्टअप इस्पेसले तयार गरेको हकुतो आर मिशन १ ल्यान्डर अप्रिलमा चन्द्रमाको सतहमा अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार