बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशूल्क तालिम सञ्चालन हुने

  • Technology Khabar | १९ भाद्र २०८०, मंगलवार
बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशूल्क तालिम सञ्चालन हुने

काठमाडौं ।

समृद्धि स्कुलको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालित बनस्थली, बालाजु स्थित काठमाडौं बिजनेश क्याम्पसले कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई एक महिने बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशूल्क तालिम सञ्चालन गर्ने भएको छ। आगामी भदौ २१ गते बिहीबारदेखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टम्सबाट मान्यता प्राप्त प्रशिक्षकले यो तालिम कार्यक्रम सञ्चालन गर्दैछन्।

अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा यस क्षेत्रमा काम गर्न चाहनेहरूका लागि नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको ज्ञान र शिप अति महत्वपुर्ण र आवश्यक छ र यसै उद्देश्यका साथ यो निशूल्क तालिम सञ्चालन हुँदैछ। यो तालिम सफलतापुर्वक सम्पन्न गरेपछि प्रशिक्षार्थिहरूले विस्तृत रूपमा नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र शिप हासिल गर्नेछ। यस तालिममा सहभागि भई सफल हुने प्रशिक्षार्थिहरूले सिस्को सिस्टम्सले प्रदान गर्ने प्रमाणपत्र पाउने छन्। १२ कक्षा उत्तिर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने व्यक्तिहरूले ९८५११३६१५७ मा सम्पर्क गरि निःशूल्क भर्ना तथा तालिममा सहभागि हुन सक्छनेछन्।

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...