Technology Khabar १९ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
भविष्यको मिक्स्ड-रियालिटी हेडसेटको लागि मेटा र एलजीबीच सहकार्य भएको छ। दुई कम्पनीले भविष्यको मिक्स्ड(रियालिटी हेडसेटको २०२५ मा लन्च गर्ने योजना बनाएका छन्।
भर्खरैको रिपोर्ट अनुसार, मेटाले नयाँ मिक्स्ड-रियालिटी हेडसेट जारी गर्न एलजी इलेक्ट्रोनिक्ससँग सहकार्य गरिरहेको उल्लेख छ। रिपोर्टका अनुसार, मेटा र एलजीले एप्पलको भर्खरै अनावरण गरिएको एआर हेडसेट, ‘भिजन प्रो’ सँग प्रतिस्पर्धा गर्न मिक्स्ड-रियालिटी डिभाइसमा काम गर्नेछन्।
एप्पलले यस वर्षको सुरुमा आफ्नो पहिलो मिक्स्ड-रियालिटी हेडसेट घोषणा गर्यो, जुन २०२४ को प्रारम्भमा खरिदका लागि उपलब्ध छ। मेटा र एलजीको रणनीति ‘भिजन प्रो’ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतिवेदनमा मेटाले आफ्नो कम मूल्यको भीआर/ एआर मोडल २०२४ मा २०० डलरभन्दा कममा रिलिज गर्ने अपेक्षा गरिएको छ। हाइ-इन्ड एलजी सहयोगी मोडल २०२५ मा जारी हुनेछ।
त्यस्तै, उपकरणको नाम ‘मेटा क्वेस्ट ४ प्रो’ हुन सकने अनुमान गरिएको छ। एप्पलको भिजन प्रोले माइक्रो-ओएलईडी प्रविधि ल्याउँने गिज्मोचाइनाले उल्लेख गरेको छ।
मेटाले २०२२ मा क्वेस्ट प्रो भीआर हेडसेटहरू जारी गर्यो। एउटा उन्नत स्न्यापड्रयागन चिपले यस भीआर हेडसेटलाई टच कन्ट्रोलरहरू र इम्बेडेड सेन्सरहरूद्वारा शक्ति दिने बताइएको छ।
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार