सामसङ ग्यालेक्सी स्मार्टट्याग २ ले पायो एनबीटीसी प्रमाणीकरण

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
सामसङ ग्यालेक्सी स्मार्टट्याग २ ले पायो एनबीटीसी प्रमाणीकरण

काठमाडौं ।

सामसङ ग्यालेक्सी स्मार्टट्याग २ ले एनबीटीसी प्रमाणीकरण प्राप्त गरेको छ। थाइल्याण्डको एनबीटीसीद्वारा प्रमाणित डिभाइस लन्चको एक कदम निकट पुगेको हो।

सामसङले भने यसकाे बारेमा केहि जानकारी दिएकाे छैन। त्यस्तै, थाई प्रमाणीकरण प्राधिकरणले पनि स्मार्टट्याग २ को एनबीटीसी प्रमाणीकरण बाहेक केहि नयाँ कुरा उल्लेख नगरेको बताइएकाे छ। अघिल्लो प्रमाणीकरणहरुमार्फत यसको मोडल डेजिग्नेसन इआइ-टी ५-६०० र अल्ट्रा-वाइड ब्यान्ड (यूडब्ल्यूबी) समर्थन रहेको उल्लेख छ।

ओरिजीनल स्मार्टट्यागले यूडब्ल्यूबीलाई समर्थन गरेकाे थिएन, तर स्मार्टट्याग प्लसले गर्यो। यस पटक, सामसङले ब्लुटुथ र यूडब्ल्यूबी कनेक्टिभिटीसँग एक संस्करण मात्र लन्च गर्नेछ।

सामसङले जनवरी २०२१ मा ग्यालेक्सी स्मार्टट्याग आइटम ट्र्याकरको घोषणा गरेको थियो। गत महिना दक्षिण कोरियामा भएको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा यसको उत्तराधिकारी अनावरण गर्ने अपेक्षा गरिएकाे थियाे, यद्दपी त्यसो हुन सकेन।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

CNIYEF successfully concludes its 8th Annual General Meeting

  • Technology Khabar
  • ३२ श्रावण २०८०, बिहीबार