एप्पल वाच अल्ट्राको सक्सेसरमा एक हलुका बडी फिचर हुने

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
एप्पल वाच अल्ट्राको सक्सेसरमा एक हलुका बडी फिचर हुने

काठमाडौं ।

एप्पल वाच अल्ट्राको नयाँ उत्तराधिकारी एक हल्का बडी फिचर हुने बताइएको छ। चीनबाट आएको नयाँ लीकअनुसार, एप्पलले अर्को पुस्ताको वाच अल्ट्राको वजन घटाउने प्रस्ताव गर्ने बताइएको छ।

एप्पल वाच अल्ट्रा क्युपर्टिनोको सबैभन्दा ठूलो (४९ एमएम केसिङ) र सबैभन्दा भारी (६१.३ ग्राम) स्मार्टवाच हो। जुन सबै प्रतियोगीहरू भन्दा ठूलो साइजमा रहेको छ। एक टिपस्टरले हलुका किसिमको आवरण आगामी वाच अल्ट्रामा मुख्य विशेषता हुने सुझाव दिएको उल्लेख छ।

एप्पलले आफ्नो आगामी वाच अल्ट्राको लागि थ्रीडी प्रिन्टेड पार्ट्स प्रयोग गर्नेछ जसले तौल घटाउने बिटमा मद्दत गर्न सक्ने भर्खरैको रिपोर्टले सुझाव दिएको हाे। एप्पल वाच अल्ट्राले वाच सिरिज ९ र आईफोन १५ सिरिजसँगै वर्षको दोस्रो आधामा डेब्यु गर्ने अपेक्षा गरिएको छ।

एप्पलले २०२४ मा आफ्नो एप्पल वाच अल्ट्रामा २.१ इन्चको माइक्रो-एलईडी डिस्प्ले ल्याउने चर्चा रहेको छ। यसले हालको वाच अल्ट्रा र यसको ओएलइडी डिस्प्लेको तुलनामा उच्च चमक उत्पादनको लागि अनुमति दिने उल्लेख छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • १० श्रावण २०८०, बुधबार