टिकटकमा टेक्स्ट ओन्ली पोष्ट फिचर

  • Technology Khabar | ९ श्रावण २०८०, मंगलवार
टिकटकमा टेक्स्ट ओन्ली पोष्ट फिचर

काठमाडौं ।

टिकटकले टेक्स्ट ओन्ली पोष्ट सुरु गरेको घोषणा गरेको छ। ट्विटरको विकल्प खोजिरहेका प्रयोगकर्तालाई आफ्नो प्लेटर्फममा आकर्षित गर्नका लागि टिकटकले नयाँ फिचर सुरु गरेको द गार्डियनले उल्लेख गरेको छ।

भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अब टेक्स्ट आधारित सामग्री सिर्जन गर्न अनुमति दिने सोमबार घोषणा गर्दै
यस कदमलाई “टिकटकमा सबैका लागि सामग्री निर्माणको सीमा विस्तार गर्ने“ र “हामीले टिप्पणी, क्याप्शन र भिडियोहरूमा देखेका लिखित रचनात्मकतालाई मद्दत गर्न एक समर्पित ठाउँ दिइनेछ।

टिकटकका प्रयोगकर्ता एक हजार शब्दमा कलर ब्याकग्राउण्ड र स्टिकर पोष्ट गर्न सक्न्। इन्टाग्राममा जस्तै कन्भर्सेसनलाई भन्दा पनि कमेन्टलाई प्रोत्साहित गरिनेछ।

टिकटकले सुरु गरेको नयाँ फिचर ट्विटर हाल एक्स र मोटाको थेड्स जस्तै भनेर रिपोट गरेको छ।

कम्पनीका अनुसार हाल टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब माथि छन्।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...