
काठमाडौं ।
साउदीमा रहेको नेपाली दूताबासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।
दूताबासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।
दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अफ्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन्। यो व्यबस्थाले पहिले जस्तो दूताबासको कार्यालय नै पुग्नुपर्ने बा फोन गर्नुपर्ने बाध्यता हटेको छ।
दूताबासमा भौतिक उपस्थित हुनुपर्ने बा फोनबाट समस्या राख्दा फोन नउनेलगायतका समस्या श्रमिकले भोग्दै आएका थिए। अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासोउपर तत्कालै आवश्यक समन्वय थालिने दूताबासले जनाएको छ।
दूताबासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयास गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्ने छन्।
आफूले राखेको गुनासो उपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: २७ असार २०८०, बुधबार