एप्पल आपूर्तिकर्ता फक्सकन भारतको चिप अनुदानमा नजर लाउँदै

  • Technology Khabar | २७ असार २०८०, बुधबार
एप्पल आपूर्तिकर्ता फक्सकन भारतको चिप अनुदानमा नजर लाउँदै

काठमाडौं ।

एप्पल आपूर्तिकर्ता फक्सकनले स्पष्टरूपमा भारत सरकारद्वारा प्रस्ताव गरिएको चिपमेकिङ्ग सब्सिडिजमा ध्यान केन्द्रित गरेको छ।

कम्पनीले चिप उत्पादन साझेदारीको लागि वेदान्तसँगको मल्टि–बिलियन डलरको सम्झौताबाट बाहिरिएपछि कम्पनी आफैं अग्रसर भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

वेदान्तसँगको सम्झौता समाप्त भएपछि कन्ट्रयाक्ट निर्माताले उक्त क्षेत्रमा नयाँ सेमीकन्डक्टर इकाई स्थापना गर्नको लागि भारतमा प्रस्तावित प्रोत्साहनहरू प्रयोग गर्ने योजना बनाएको देखिएको उल्लेख गरिएको छ।

फक्सकनले मंगलबार (११ जुलाई) भारतमा सेमीकन्डक्टरहरू र डिस्प्ले फ्याब इकोसिस्टमको लागि मोडिफाइड प्रोग्राम (परिमार्जित कार्यक्रम) अन्तर्गत आवेदन दिन काम गरिरहेको बताएको छ। साथै उक्त १० बिलियन अमेरिकी डलर प्रोत्साहनले सेमीकन्डक्टरहरू र डिस्प्ले निर्माण परियोजनाहरूको पूँजी लागत ५० प्रतिशतसम्म कम गर्न मद्दत गर्ने बताइएको छ।

“हामी सक्रिय रूपमा अप्टिमल पार्टनर्स (साझेदारहरू) को लागि ल्याण्डस्केपको समीक्षा गर्दैछौँ। फक्सकन भारत प्रति प्रतिबद्ध रहेको र देशले सफलतापूर्वक एक बलियो सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ्ग इकोसिस्टम स्थापना गरेको” कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको बताइएको छ।

त्यसैगरी वेदान्तसँग कम्पनीको हालैको विभाजनले भारत भित्र सेमीकन्डक्टर उत्पादनको लागि जोड दिइरहेको मोदी सरकारलाई पनि उल्लेखनीय रूपमा असर पारेको छ।

फक्सकन–वेदान्त सम्झौता अलग भएपनि फक्सकनले अझै पनि आफ्नो सेमीकन्डक्टर र डिस्प्ले उत्पादन इकाई स्थापना गरेर भारतमा विस्तार गर्न खोजिरहेको बताइएको छ। यसबाहेक, कम्पनीले बढ्दो ईभी बजार समावेश गर्ने उत्पादनहरूका लागि यस क्षेत्रमा सेमीकन्डक्टर्स बनाउने स्वदेशी र अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि कुराकानी गरिरहेको उल्लेख छ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार