२३० माइल रेन्ज भएको फोर्ड ई–टर्नियो कुरियर इलेक्ट्रिक मिनिभ्यान अनावरण

  • Technology Khabar | ४ जेष्ठ २०८०, बिहीबार
२३० माइल रेन्ज भएको फोर्ड ई–टर्नियो कुरियर इलेक्ट्रिक मिनिभ्यान अनावरण

काठमाडौं ।

फोर्डले २३० माइल (३७० किमी) को रेन्ज दायरा भएको नयाँ ई–टर्नियो कुरियर इलेक्ट्रिक मिनिभ्यान अनावरण गरेको छ। ई–टर्नियो बाहिरबाट एसयूवी जस्तो देखिए तापनि वास्तवमा उक्त इभी इलेक्ट्रिक मिनिभ्यान भएको उल्लेख छ। साथै यस इभीमा १०० किलोवाटको फ्रन्ट–व्हील ड्राइभ मोटर जडान गरिएको बताइएको छ।

इभीलाई एसयूवी–प्रेरित लुक्सको साथ मल्टि–एक्टिभिटी भेहिकल (गाडी) को रूपमा ल्याईएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

ई–टर्नियो कुरियर एक फाईभ–सिटर इभी भएको र फोर्डले मिनिभ्यानको व्यावहारिकतालाई पुनः आविष्कार गरिरहेको देखिएको बताइएको छ। नयाँ फोर्ड इलेक्ट्रिक मिनिभ्यानको अगाडिको बम्पर, पाङ्ग्रा र ढोकामा म्याट ब्ल्याक ट्रिमका साथै यसको अग्लो आउटलुकहरु सबै एसयूभी जस्तो देखिनेछ। यस नयाँ इभीमा टर्नियो कनेक्टको भन्दा दुईओटा सिटहरू कम रहेको र यसले खरिदकर्ताहरूको लागि मध्यस्थताको रूपमा काम गर्न सक्ने बताइएको छ। यसले रग्ड एसयूभी भिनियर र फराकिलो इन्टेरियरलाई संयोजन गर्दै गतिशीलता कायम राखेको छ।

फोर्ड ई–टर्नियो कुरियरले रियर सिटमा बस्ने यात्रुहरूका अतिरिक्त ६१४ लिटरसम्म कार्गो स्पेस प्रदान गर्ने बताइएको छ। साथै रियर सिटहरू फ्ल्याट (समतल) बनाउँदा भने टोटल स्टोरेज स्पेस (कुल भण्डारण ठाउँ) बढेर २,१६२ लिटर्स हुने बताइएको छ। यसै कारणले गर्दा ई–टर्नियो कुरियर मिनिभ्यान ईभीले फोर्ड एक्सपेडिसन एसयूभी जस्तो ठूला मोडलहरूको जस्तै बराबर ठूलो स्टोरेज स्पेस (भण्डारण ठाउँ) प्रदान गर्ने दाबी गरिएको छ।

साथै यसलाई टो हिच पनि रहेको तर यसले ७०० किलोग्राम मात्र थेग्ने छ। त्यसैगरी यस गाडीले एक पटकको चार्जमा ३७० किलोमिटरसम्मको माइलेज दिने भएकाले यसको माइलेजमा पनि राम्रो रहेको दाबी गरिएको छ। यद्यपी ई–टर्नियो कूरियरको १०० किलोवाट मोटर अलि सब-पार जस्तो देखिएको उल्लेख गरिएको छ।

इभीको मूल्यको कुनै निश्चित अनुमान उपलब्ध नभएको तर यसलाई २३,००० युरो (२५,००० डलर) मूल्य पर्न सक्ने बताईएको छ। फोर्ड ई–टूर्नियो कुरियर युरोप बाहिर उत्तर अमेरिका जस्ता अन्य क्षेत्रहरूमा पनि उपलब्ध हुन सक्ने सम्भावना रहेको छ।

हालै मात्र होन्डाले पनि आफ्नो ४१२ किलोमिटरको प्रभावशाली दायरा भएको ईःएनवाई१ विद्युतीय गाडी लन्च गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...