
काठमाडौं ।
एमजी मोटरले आफ्नो एमजी कोमेट ईभीको बुकिङ भारतमा मंगलबारदेखि सुरु गरेको छ। कम्पनीको सानो इलेक्ट्रिक कार ११ हजार भारु भुक्तानी गरेर बुकिङ गर्न सकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ। कम्पनीले एमजी कोमेटको उत्पादन पनि सुरु गरिसकेको छ।
एमजी कोमेट ईभी तीन भेरियन्ट-पेस, प्ले र प्लसमा उपलब्ध छ। एमजी कोमेट ईभी पेस भेरियन्टको मूल्य ७ लाख ९८ हजार भारु (एक्स शोरुम) र टप मोडल प्लसको मूल्य ९ लाख ९८ हजार भारुसम्म पर्न जान्छ।
कारले सिंगल चार्जमा २३० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कारमा १७.३ किलोवाट आवर क्षमतको ब्याट्री छ जसले ४२ एचपी पवार र ११० न्यूटन मिटर टर्क प्रदान गर्छ। ५ सिटर ईभी जीएसईभी प्लेटफर्ममा तयार गरिएको हो।
एमजी कोमेट ईभीमा ३.३ किलोवाटको अनबोर्ड चार्जर उपलब्ध छ। यो चार्जरको मद्दतबाट ईभी चार्ज गर्न ७ घण्टा लाग्छ। एमजी मोटरले कोमेट ईभीमा फास्ट चार्जिङको विकल्प दिएको छैन।
आकारको कुरा गर्दा कोमेट ईभीको लम्बाई २९७४ मिमी, चौडाई १५०५ मिमी, उचाई १६१३ मिमी तथा ह्वीलवेस २०१० मिमी छ।
कोमेट ईभीमा तीन यूएसबी पोट्र्स, ५५ भन्दा बढी लिंक्ड फिचस, वारलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, म्यानुअल एसी सेटिङ, किलेस एन्ट्री, स्टेयरिङ ह्वीलमा कन्ट्रोल पोजिसन, दुई १०.२५ इन्चको स्क्रीन, स्मार्ट स्टार्ट सिस्टम लगायत फिचर दिइएको छ।
प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार