ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा फेरी सुरु

  • Technology Khabar | २२ बैशाख २०८०, शुक्रबार
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा फेरी सुरु

काठमाडौं ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाई भएको सम्बन्धी जानकारी एसएमएस मार्फत दिने सेवा सुरु गरेको छ। यो सेवा बैशाख १३ गतेदेखि सुरु भएको हो।

विभागले लाइसेन्स छपाईको सेवा एसएमएस मार्फत सुरु गरेकाले अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रुपमा आफ्नो मोबाइल नं. अद्यावधिक गराउन पनि अनुरोध गरेको छ। साथै लाइसेन्स छपाई भइ कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाईटबाट समेत प्राप्त गर्न सकिनेछ।

अपूरो विवरण वा अन्य कुनै प्राविधिक कारणले १ वर्ष भन्दा बढी अवधीको स्मार्ट कार्ड छपाई हुन बाँकी भए सम्बन्धित सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयमा बुझी आवश्शयक परेमा आफ्नो विवरण अद्यावधिक गराई विभागमा सम्पर्क गर्दा त्यस्ता सेवाग्राहीको लाईसेन्स यथाशिघ्र छपाइ गरी विभागको सहायता कक्षबाट उपलब्ध हुने जानकारी दिइएको छ।

प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २२ बैशाख २०८०, शुक्रबार