‘नथिङ’ ब्राण्डले फोल्ड गर्न मिल्ने फोन ल्याउँदै, नथिङ फोल्ड (१) मार्फत सामसङलाई चुनौती दिने

  • Technology Khabar | २१ बैशाख २०८०, बिहीबार
‘नथिङ’ ब्राण्डले फोल्ड गर्न मिल्ने फोन ल्याउँदै, नथिङ फोल्ड (१) मार्फत सामसङलाई चुनौती दिने

काठमाडौं ।

पारदर्शी बडी र युनिक लुकसहितको नथिङ फोन (१) मार्फत बजारमा प्रशंसा लुटेपछि अब ‘नथिङ’ ब्राण्डले अर्को फरक डिजाइनको फोन ल्याउने तयारी गरेको छ।

नथिङ फोल्ड (१) नामबाट बजारमा आउन सक्ने फोल्ड गर्न मिल्ने फोनमा काम सुरु गरेको कम्पनीले जनाएको छ। यो मोबाइलले सिधै प्रिमियम श्रेणीको सामसुङ ग्यालेक्सी जेड फोल्ड फोनसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

कम्पनीले नथिङ फोल्ड १ को तस्बिर ट्विटरमा सेयर गरेको छ।
नथिङ फोल्ड (१) को आधिकारिक रेन्डर इमेज देखा परेको छ। यी तस्विरहरु कम्पनीले आफैंले ट्विटरमा शेयर गरेको हो। यहाँ फोल्डेबल फोनका ३ तस्बिरहरू देखाइएको छ, जसमा फोनको लुक र डिजाइनको बारेमा जानकारी दिइएको छ। यी तस्बिरहरूसँगै कम्पनीले फोनको नाम पनि खुलाएको छ। उल्लेखनीय रूपमा, यो रेन्डर तस्विर ब्रान्डको समुदाय सदस्यद्वारा सिर्जना गरिएको हो।

ब्रान्डद्वारा साझेदारी गरिएका रेन्डर तस्विरहरूमा, नथिङ फोल्ड १ स्मार्टफोन गोलाकार किनारहरू भएको फ्ल्याट स्क्रिनको साथ देखिन्छ। डिस्प्लेको वरिपरि धेरै साँघुरो बेजेलहरू पनि देखिन्छन्। त्यस्तै, फोनको बाहिरी डिस्प्ले पनि गोलाकार छ। फोल्ड बडीको दुई भागको बीचमा एउटा हिन्ज दिइएको छ जसमा नथिङ्ग लेखिएको छ।

नथिङ फोल्ड १ को दायाँ प्यानलमा पावर बटन दिइएको छ। यो तस्बिरमा स्पष्ट देखिँदैन तर पहिलो नजरमा यो गोलाकारको देखिन्छ। कम्पनीले सेयर गरेको रेन्डर इमेजमा फोनको तल्लो प्यानलमा कुनै पनि यूएसबी पोर्ट वा स्पिकर दिइएको छैन। यो फोनको माथिल्लो भागको किनारामा हुन सक्छ वा यस डिजाइनमा हल्का परिवर्तनहरू हुन सक्नेछ।

नथिङ फोल्ड १ मा पारदर्शी बडी देखिने छ कि छैन भन्ने यकिन भन्न नसकिएपनि नयाँ फोल्डेबल फोनबाट कम्पनीले आफ्नो पहिचान कायम राख्ने अपेक्षा गरिएको छ। नथिङ फोल्ड (१) मा ट्रान्सपेरेन्ट बडी एलिमेन्ट प्रयोग गर्न सकिनेछ। जसका कारण मोडिने फोन भित्रका भागहरु बडी पार्ट बाहिरबाट पनि देख्न सकिनेछ।

नथिङ फोल्ड (१) मा ग्लिफ लाइट पनि प्रयोग गर्न सक्नेछ। यो लाइट फोनको बडीमा फिट हुन्छ, जसले नोटिफिकेसन कल गर्दा ब्लिंक हुन्छ र राम्रो लुक दिन्छ। यस फोनमा एमोलेड स्क्रिन, डुअल क्यामरा र वायरलेस चार्जिङ जस्ता सुविधाहरू पाउन सकिन्छ भन्ने आशा गर्न सकिन्छ।

ट्विटरमा साझा गरिएको नथिङ फोल्ड (१) को रेन्डर छविलाई अहिले पूर्ण रूपमा अन्तिम डिजाइनको रूपमा मान्न सकिँदैन।

प्रकाशित: २१ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

  • Technology Khabar
  • २१ बैशाख २०८०, बिहीबार