
काठमाडौं ।
अल्फाबेट इंकको गुगल, माइक्रोसफ्ट, ओपन एआई र एन्थ्रोपिकका प्रमुख कार्यकारीहरुको उपराष्ट्रपति कमला ह्यारिस तथा उच्च प्रशासनिक अधिकारीहरु बिच भेटघाट हुने बताएका छन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मुद्दाहरुमा छलफल गर्न भेटघाट हुने रोयटर्सले रिपोर्ट गरेको छ।
सीईओहरुका लागी निमन्त्रणामा राष्ट्रपति जो बाईडेनको भनाई उल्लेख छ, जसमा ‘तपाईँ जस्ता कम्पनीहरुले उनीहरुका उत्पादनहरु जनतालाई उपलब्ध गराउनु अघि सुरक्षित छन् भनेर सुनिश्चित गर्नुपर्दछ भन्ने अपेक्षा छ।’
द्रुत गतिमा बढ्दो एआई प्रविधीसँगै बढ्न सक्ने गोपनियता उल्लङ्घन, पूर्वाग्रह,तथा गलत जानकारी फैलाउन सक्ने भन्ने बारेमा भएका चिन्ताहरुका बिच अप्रिलमा बाईडेनले ध्यानाकर्षण गराएका थिए ।
सामाजिक संजालले सही सुरक्षा बिना शक्तिशाली प्रविधिहरुले गर्नसक्ने हानिलाई चित्रण गरिसकेको बताउँदै उनले भनेका थिए ‘एआई खतरनाक छ कि छैन त्यो हेर्न बाँकी छ, तर आफ्ना उत्पादनहरु सुरक्षित छन् कि छैनन् भनेर सुनिश्चित गर्ने जिम्मेवारी टेक्ननेलोजी कम्पनीहरुको रहेको छ।’
राष्ट्रिय सुरक्षा र शिक्षामा यसको प्रभाव बारेमा चिन्ता बढ्दै गइरहेको बेला प्रशासनले एआई प्रणालीहरुको लागि प्रस्तावित जवाफदेहिता उपायहरुमा सार्वजनिक टिप्पणीहरु पनि खोजीरहेको बताइएको छ।
सोमबार, टेक्नोलोजीले कामदारहरुलाई निम्त्याउन सक्ने गम्भीर जोखिमका बारेमा ह्वाइट हाउस डोमेस्टिक पोलिसी काउन्सिल र ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजी नीतिका प्रतिनिधिहरुले ब्लग पोस्ट गरेको पनि बताइएको छ।
ह्वाईट हाउसका एक अधिकारीका अनुसार बिहिबारको वैठकमा बाईडेनका चिफ अफ स्टाफ जिएन्ट्स, डेपुटी चिफ अफ स्टाफ ब्रुस रीड, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, राष्ट्रिय आर्थिक परिषदका निर्देषक लाएल ब्रेनर्ड र वाणिज्य सचिव जीना रायमण्डो लगायत अन्य सहभागी हुनेछन्।
प्रकाशित: २१ बैशाख २०८०, बिहीबार