जिप्रका सर्लाहीमा आगलागीपछि राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध

  • Technology Khabar | २० बैशाख २०८०, बुधबार
जिप्रका सर्लाहीमा आगलागीपछि राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा अवरुद्ध भएको छ। मङ्गलबार बिहान विद्युत् सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटसा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्। कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजे आगलागी भएको हो ।

आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर, दुई थान स्वन्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ। दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ।

प्रजिअ यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको तथ्यांक सुरक्षित नै रहेको बताए। आगलागीपछि कार्यालयको पूरै वायरि कसमेत जलेकाले सेवा अवरुद्ध गर्नु परेको उनको भनाइ छ।

“महत्त्वपूर्ण फाँटको उपकरण र कार्यालयभरिकै बायरिक सर्ट भएपछि सेवा दिन सक्ने अवस्था रहेन,” प्रजिअ यादवले भने, “अब नयाँ वायरिङको काम सकेपछि सेवा ‘सुचारु गछौं।” उनका अनुसार बायरिङको काम गर्न बुधबारसम्म लाग्न सक्छ।

कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले नागरिकता प्रतिलिपि फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको बताए। जिल्ला प्रशासन कार्यालयले २० मध्ये १६ वटा पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ। नियमित सेवा प्रवाह गर्दासमेत कार्यालयमा सेवाग्राहीको भीड नै हुन्छ ।

आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिने सेवाग्राही मारमा परेका छन् ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...