बीवाईडीले मल्टिब्रान्ड रणनीतिसहित २०२३ मा ३० लाख इभी बिक्री गर्ने

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार

काठमाडौं ।

विद्युतीय सवारी साधनहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको प्रमुख कारणको रुपमा प्रविधिको विकाससँगै घट्दो लागतलाई मानिएको छ।

इन्टर्नल कम्बसन इन्जिन भएका परम्परागत कारहरूको तुलनामा ईभी फाइदाजन मानिन्छ। साथै तिनीहरूको मूल्यहरू थप प्रतिस्पर्धी हुने भएकाले तिनीहरू प्रतिको आकर्षण बढ्दो क्रममा छ। यो अवस्थाले गर्दा यस क्षेत्रमा काम गर्ने वा बजारमा प्रवेश गर्ने विचार गरेका कम्पनीहरूको लागि ठूलो अवसर सिर्जना गरेको छ। यी अवसरहरूको फाइदा कसरी लिने भनेर लामो समयदेखि थाहा पाएको बीवाईडीले हालसालै आफ्नो २०२३को लक्ष्यहरूको घोषणा गरेको छ। बीवाईडीका महाप्रबन्धक ली युनफेईका अनुसार कम्पनीले यो वर्ष ३० लाख ९३ मिलियन० कार बिक्री गर्ने छ भनी बताएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

बीवाईडीले यो वर्ष ३ मिलियन इलेक्ट्रिक भेहिकल बिक्री गर्ने 
बीवाईडीको ब्रान्ड र पब्लिक रिलेसनसका महाप्रबन्धक ली युनफेईले हालै शंघाई अटो शोमा कम्पनीले आफ्ना नयाँ ब्रान्डहरू (मोडलहरू) जसमा डाइनेस्टी, ओसियन, तेङ्शी र यिंगवाङ लाई प्रदर्शन गरेको जानकारी दिए। साथै बीवाईडीले २०२३ मा घरेलु र अन्तर्राष्ट्रिय बजारमा ३० लाख सवारीसाधन बेच्ने लक्ष्य लिएको पनि घोषणा गरेको युनफेईले थप जानकारी दिएको उल्लेख गरिएको छ।

विगत दशकमा, बीवाईडीले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ। साथै कम्पनीले ७०,००० आरएन्डडी कर्मचारीहरूलाई रोजगारी दिएको र ४०,००० भन्दा बढी पेटेन्टहरू फाइल गरेको छ। सन् २०२२को मार्चमा परम्परागत सवारी साधन उत्पादन गर्न बन्द गरेदेखि बीवाईडीले ब्याट्री–भेहिकल बडी इन्टिग्रेसन र थप इफिसियन्ट हाइब्रिड सिस्टम्स जस्ता नयाँ प्रविधिहरू ल्याएको छ। ग्राहकका विभिन्न आवश्यकताहरू पूरा गर्न कम्पनीले मल्टि–ब्रान्ड रणनीति पनि अपनाएको छ।

बीवाईडी ब्रान्डले ३००,००० युआन (४०–४५ हजार डलर) भन्दा कम मूल्यका सवारी साधनहरूलाई लक्षित गरेको छ। त्यसैगरी तेङ्शीले ४००,००० देखि ६००,००० युआन (५५–९० हजार डलर) लक्जरी कार बजारमा केन्द्रित रहने छ। साथै एफ ब्रान्डले ६००,००० देखि ८००,००० युआन (९०–१२० हजार डलर) निजीकृत बजार र यिंगवाङले ८००,००० र १,५००,००० युआन (१२०–२२० हजार डलर) बीचको हाई–इन्ड बजारलाई लक्षित गर्ने बताइएको छ।
डलर) सम्मको मूल्य निर्धारण गर्दछ।

यिंगवाङको डेलिभरीहरू तेस्रो त्रैमासिकको अन्त्यदेखि सुरु गर्नको लागि सेट गरिएको छ। एफ ब्रान्डको नाम र लोगो आगामी मे र जुन महिनाको बीचमा अनावरण गरिने र यस ब्रान्ड अन्तर्गतको पहिलो मोडल चेङ्दु अटो शोमा प्रदर्शन गरिनेछ। साथै एफ ब्रान्डको बिक्री चौथो क्वाटरमा सुरु हुने अपेक्षा गरिएको छ। यद्यपी यी सबै प्रयासहरूले कम्पनीलाई अझ सफल बनाउँछ कि बनाउँदैन,त्यो समयले बताउनेछ भनी गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार